रुसका अधिकांश मुख्य बैंकहरुका स्विफ्ट कोड बन्द

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
रुसका अधिकांश मुख्य बैंकहरुका स्विफ्ट कोड बन्द

काठमाडौं ।

ईयू, अमेरिका तथा उसका समर्थक राष्ट्रहरुले रुसका अधिकांश मुख्य बैंकहरुलाई स्विफ्ट कोडबाट वञ्चित गरेका छन्।

रुसको केन्द्रीय बैंकको सम्पत्ति रोक्का गरिने र रुसको अन्य देशका बैंकमा रहेका सम्पत्तिमा पहुँच पनि घटाइने बीबीसीले उल्लेख गरेको छ।

यो कदमका पछाडि रुसलाई अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट थप एक्लो गराउने उद्देश्य रहेको एउटा संयुक्त विज्ञप्तिमा जनाइएको छ।

आफ्ना पेट्रोलियम तथा ग्याससम्बन्धी उत्पादनका लागि रुसलाई स्विफ्ट अत्यावश्यक रहेको छ। हालको संयुक्त प्रतिबन्ध रुसले यूक्रेनमाथि हमला गरेकाले लगाइएको हो।

पूरा रुप सोसाइटी फर वर्ल्डवाइड इन्टरब्याङ्क फाइनान्सियल टेलिकम्युनिकेशन हुने स्विफ्ट एउटा सुरक्षित मेसेजिङ सिस्टम हो जसले छिटो सीमापार भुक्तानी सम्भव गराइ अन्तरराष्ट्रिय व्यापारलाई सहज बनाउँछ।

बेल्जियममा मुख्यालय रहेको स्विफ्टले विश्वभरका ११ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबीच कारोबार गराउँदै आएको बीबीसीमा उल्लेख छ। यसले विश्व अर्थतनत्रमा महत्वपूर्ण भूमिका खेल्छ तर आफैंलाई कसैलाई प्रतिबन्ध लगाउने अधिकार भने छैन।

यसबाट प्रभावित बैंकहरुको नाम नखुलाइएको भए पनि जर्मनीका प्रवक्ताले यो सूचीमा अन्तरराष्ट्रिय समुदायले प्रतिबन्ध लगाएका र आवश्यक परेमा ती बाहेकका अन्य संस्थाहरु पनि रहने बताएका छन्।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

इलन मस्कले खरिद गरे ग्यास टर्बाइन कम्पनी

  • Technology Khabar
  • १५ फाल्गुन २०७८, आईतवार
Desktop Popup ImageMobile Popup Image×