स्न्यापड्रागन ८७० चिप तथा ८३६० एमएएच ब्याट्रीयुक्त ओपो प्याड सार्वजनिक

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
स्न्यापड्रागन ८७० चिप तथा ८३६० एमएएच ब्याट्रीयुक्त ओपो प्याड सार्वजनिक

काठमाडौं ।

ओपोले आफ्नो पहिलो ट्याब्लेट ओपो प्याड सार्वजनिक गरेको छ। यो ट्याब चीनमा सार्वजनिक गरिएको हो भने यसको डिजाइन झट्ट हेर्दा आईप्याडको जस्तो रहेको छ।

यो ट्याब्लेट कालो तथा प्याजी रंगमा उपलब्ध छ भने यसमा स्न्यापड्रागन ८७० प्रोसेसर राखिएको छ। यसबाहेक १२० हर्ज रिफ्रेश रेटसहितको ११ इन्चको एलसीडी स्क्रीन  राखिएको छ। यसले ओपो पेन्सिल पनि सपोर्ट गर्ने ग्याजेट्स३६० ले जनाएको छ।

मूल्य र उपलब्धता

ओपो प्याड मार्च ३ बाट शुरु हुने र यसको शुरुवाती मूल्य २,२९९ चिनियाँ यूआन रहने बताइएको छ।

यस्तै ६ जीबी र्याम तथा १२८/२५६ जीबी आन्तरिक स्टोरेज सहित आउनेछ। पछिल्लो भेरियनटको मूल्य भने २६९९ चिनियाँ यूआन तोकिएको छ।

यसको आर्टिस्ट एडिशन भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा ३,४९९ चिनियाँ यूआनमा उपलब्ध रहेको छ। यो एन्ड्रोइड ११ मा आधारित कलरओएस १२ मा चल्दछ।

यसलाई पावर दिनका लागि ३३ वाट फास्ट चार्जिङ सहितको ८३६० एमएएच ब्याट्री राखिएको छ। यस्तै पछाडि १३ तथा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १५ फाल्गुन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १५ फाल्गुन २०७८, आईतवार

NOC from Nagarik App

  • १५ फाल्गुन २०७८, आईतवार

E-pension verification system launched

  • १५ फाल्गुन २०७८, आईतवार