
काठमाडौं ।
खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै १०% क्यासब्याक को अफर ल्याएको छ।
समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरुन्तै बिल भुक्तानीलाई सजिलो बनाउने छ।
प्रयोगकर्ताले १०% क्यासब्याक (रू.१०० सम्म) पाउनका लागि प्रोमोकोड ल्ब्त्क्ष्इल्ब्ीज्ञण्ण् प्रयोग गरि प्राप्त गर्नसक्नेछन्।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः
>’खल्ती’ एप लग–इन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
“नेशनल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
> “डिओबी“ र “पोलिसि नम्बर“ र डेट फर्म्याट भर्नुहोस् र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुहोस्।
> अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने।
रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार