एनसेलले २०२१ को चाैथो त्रैमासमा प्रिपेड सेवाबाट कमायो १६ अर्ब ३४ करोड रुपैयाँ

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
एनसेलले २०२१ को चाैथो त्रैमासमा प्रिपेड सेवाबाट कमायो १६ अर्ब ३४ करोड रुपैयाँ
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले सन् २०२१ को चाैथो त्रैमासमा १० अर्ब १९ करोड ७० लाख रुपैयाँ आम्दानी  गरेको छ।

यो आँकडा तेस्रो त्रैमासमा १० अर्ब  १५ करोड ८० लाख रहेको थियो। यसरी हेर्दा तेस्रो त्रैमासभन्दा चाैथोमा ३ करोड ९० लाख रुपैयाँको वृद्धि भएको देखिएको छ।

नाफाको यो आँकडामा डाटामार्फत आएको आम्दानी ३० प्रतिशत रहेको एनसेलको मुख्य कम्पनी आजियाटा ग्रुप बर्हादले रिपोर्टमा उल्लेख गरेको छ।

आम्दानी: प्रिपेडको बढ्यो, पोस्टपेडको घट्यो

प्रिपेड तथा पोस्टपेडबाट भएको आम्दानी पनि तेस्रोबाट चाैथो त्रैमासमा पुग्दा बढेको छ।

पोस्टपेडतर्फ तेस्रो त्रैमासमा ४४ करोड ९० लाख भएकामा चाैथोमा पुग्दा १९ करोड ३० लाख पुगेको आँकडा छ। यस्तै प्रिपेडतर्फ तेस्रो त्रैमासमा १६ अर्ब ४ करोड १० लाख रहेकामा चाैथोमा पुग्दा ३० करोड ६० लाख बढेर  १६ अर्ब ३४ करोड ७० लाख पुगेको पाइएको छ।

एआरपीयू: प्रिपेड/पोस्टपेड दुवैमा घट्यो 

यस्तै पोस्टपेडतर्फ प्रति व्यक्ति औसत खर्च (एआरपीयू) तेस्रो त्रैमासभन्दा चाैथो त्रैमासमा २ करोड ४० लाख रुपैयाँले घटेको छ। तेस्रो त्रैमासमा यो आँकडा ३० करोड ६० लाख रहेकामा चाैथोमा आइपुग्दा घटेर २८ करोड २० लाखमा झरेको छ।

यस्तै प्रिपेडतर्फको  एआरपीयू पनि  तेस्रो त्रैमासभन्दा चाैथो त्रैमासमा ३० लाख रुपैयाँले घटेको पाइएको छ।

कम्पनीको ईबीआईटीडीए (अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेज, डिप्रिसियसन) अर्थात् करयोग्य नाफा भने तेस्रोबाट चाैथो त्रैमासमा पुग्दा १० कोड ३० लाख रुपैयाँले घटेको छ।

ईबीआईटीडीए मार्जिन पनि तेस्रो त्रैमासमा ५८.३ रहेकोमा चोथोमा पुग्ला ५६.१ प्रतिशतमा झरेको पाइएको छ।

यस्तै पीएटीएएमआई (पटामी) अर्थात् कर तथा सामान्य ब्याज तिरिसकेपछिको नाफा पनि तेस्रो त्रैमासमा १ अर्ब ६२ करोड १० लाखबाट १४ करोड १० लाख रुपैयाँले वृद्धि भएर १ अर्ब ७६ करोड २० पुगेको छ।

*हेडलाइन सम्पादित

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...