जेडटिईको ब्लगर्स मिट, फिंगरप्रिन्टसहितको ब्लेड भि ७ लाइटको बारेमा जानकारी

Technology Khabar १५ आश्विन २०७३, शनिबार

काठमाडौं ।

काठमाडौं, १५ असोज । नेपालका लागी जेडटिई स्मार्टफोनको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले शनिवार आफ्नो नयाँ स्मार्टफोन ‘जेडटिई ब्लेड भि ७ लाइट’ (ZTE Blade V7 Lite) का लागि ब्लगर्स मिट आयोजना गरेको छ । कम्पनीले नयाँ फोन भर्खरै बजारमा आएको हुँदा ब्लगर्सलाई जानकारी दिने उद्देश्यका साथ ब्लगर्स मिट गरेको हो ।

नयाँ स्मार्टफोन जेडटिई ब्लेड भि ७ लाइटको बारेमा कम्पनीका प्रबन्ध निर्देशक विशाल आचार्यले जानकारी दिँदै फोनको फिचरहरुको बारेमा उल्लेख गरेका थिए । “यो नयाँ फोनले नेपाली बजारमा छुट्टै हिस्सा लिने हाम्रो विश्वास छ,” उनले भने, “मिड रेन्जको फोनमा आकर्षक विशेषताहरु सहितको स्मार्टफोन पहिलो पटक नेपाली बजारमा आएको छ ।” blade-v7-lite-golden0230

जेडटिईले बजारमा सार्वजनिक गरेको ब्लेड भि ७ लाइट निकै आकर्षक फोनको रुपमा आएको छ । बजेट मूल्यमा आकर्षक फिचरहरुसहितको ब्लेड भि ७ लाइटमा ५ इन्चको एचडी कर्भ एज डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ जसबाट केवल ३ सेकेन्डमै फोन अनलक गर्न सकिने कम्पनीको दाबी छ ।

यस फोनमा क्वाड-कोर १ गीगाहर्ज प्रोसेसरका साथमा २ जीबी र्याम र १६ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई एसडी कार्डको प्रयोग गरेर ६४ जीबीसम्म बढाउन सकिन्छ ।

जेटिई ब्लेड भि ७  लाइटबाट आकर्षक फोटोहरु खिच्न सकिनेछ, जसको लागी रियर क्यामेरा १३ मेगपिक्सेल र फ्रन्ट क्यामेरा ८ मेगापिक्सेलको छ । रियर क्यामेरामा अटो फोकस तथा एलइडी फ्ल्यास पनि रहेको छ । क्यामेराका अन्य फिचरहरुमा जिओ–ट्यागिङ, फेस डिटेक्सन, एचडिआर र पानारोमा रहेका छन् ।

एन्ड्रोइड मार्समाल्लो ६.० अपरेटिङ सिस्टममा अाधारित नन रिमूभेवल अर्थात झिक्न नमिल्ने २ हजार ५ सय एमएएचकाे ब्याट्री प्रयोग गरिएको छ । जेडटिईको ब्लेड भि ७ लाइटमा ड्यूल सिम सपोर्ट, फोरजी सपोर्ट, एफएम रेडियोलगायतका फिचर रहेका छन् ।

कम्पनीले निकै उत्साहका साथ नेपाली बजारमा ल्याएको यो फोन खरिदमा ग्राहकहरुले विभिन्न उपहार पनि प्राप्त गर्नेछन् । दशै क्यास ब्याक अफर र खरिदमा पावर बैंक उपहारसहित ब्लेड भि ७ लाइट सार्वजनिक गरिएको जानकारी दिईयो ।

स्मार्टफोनको बजार मूल्य केवल १८ हजार ९ सय ९० रुपैंया राखिएको छ भने जेडटिई ब्लेड भि ७ लाइटको खरिदमा दशै क्यास ब्याक अफरअन्तर्गत रु. ७ सय फिर्ता हुने तथा रु. २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको रोमश ब्राण्डको पावर बैंक उपहार स्वरुप प्रदान गरिने ब्गलर्स मिटमा जानकारी दिईयो ।

प्रकाशित: १५ आश्विन २०७३, शनिबार

तपाइको प्रतिक्रिया