एनएमबी बैंकको ‘यू-वा डिजी सेभिङ’ योजना, मेरो सेयर, डिम्याट र एएसबिए निःशुल्क

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
एनएमबी बैंकको ‘यू-वा डिजी सेभिङ’ योजना, मेरो सेयर, डिम्याट र एएसबिए निःशुल्क

काठमाडौं ।

एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘एनएमबी यू-वा डिजी सेभिङ’ ल्याएको छ।

१८ वर्षदेखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन्। बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुको साथै मेरो सेयर, डिम्याट र एएसबिए निःशुल्क उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, यो योजनाअन्तर्गत बैंकले एनएमबी ओम्नी च्यानल बैंकिङ, एनएमबी क्रेडिट कार्ड र एनएमबी डलर कार्ड (साथै डलर टप-अप)मा निःशुल्क सुविधा सहित डिजिटल कारोबारमा निःशुल्क अन्तर बैंक फन्ड ट्रान्सफर र वार्षिक एक हजार दुई सयसम्मको क्यास ब्याक योजना उपलब्ध गराउने छ।

यसका अतिरिक्त बैंकले उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूलाई शैक्षिक ऋणको प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट पनि उपलब्ध गराउने जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार