
काठमाडौं ।
फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ। भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाईपछि नेपाली बजारमा उपलब्ध भएको छ। फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालीले फोर्स गुर्खा आयात तथा विक्री खुल्ला गरेको हो।
विषेशतः अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको कम्पनीले बताएको छ।
फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको कम्पनीको दाबी छ। साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्षक फिचरहरू समेत रहेका छन्।
फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रूपमा चलाउन सकिन्छ भने यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर ब्याग, एविएस् ईडिवी व्रेक र रिभर्स पार्किङ सेन्सर जस्ता फिचर्स उपलब्ध रहेको छ।
थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त बुट स्पेस र ग्याङ्गवे रहेको छ। यस जिपमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ। यस जिपको सुरुवाती मूल्य रु. ७८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार