वैज्ञानिकहरुद्वारा अन्तरिक्षमा आकार बदल्न सक्ने क्युब रोबोट निर्माण

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
वैज्ञानिकहरुद्वारा अन्तरिक्षमा आकार बदल्न सक्ने क्युब रोबोट निर्माण

काठमाडौं ।

वैज्ञानिकहरुले हालै अन्तरिक्षमा आफैं आकार बदल्न सक्ने क्युब रोबोट निर्माण गरेका छन्।

एमआईटीको कम्प्युटर साइन्स तथा आर्टिफिसियल इन्टेलिजेन्स ल्याबोरेटरी (क्यासिल) तथा यूनिभर्सिटी अफ क्यालगरीले मिलेर उक्त मोड्युलर रकेट सिस्टम बनाएका हुन्।

यो मोड्युलर रोबोटले अन्तरिक्षमै चाहेको आकारमा आफ्नो आकार बदल्न सक्ने उनीहरुको भनाई छ।

इलेक्ट्रोभक्सेल नामक उक्त स्याटेलाइटमा कुनै मोटर वा गतिशील पार्टपुर्जा छैनन्। बरु यसको सट्टा उनीहरुले एक अर्कामा सर्न सक्नेगरी इलेक्ट्रोम्याग्नेटिकहरु राखेका छन्।

प्रत्येक इलेक्ट्रोभक्सेल क्युब तामाको तारले बेरिएको इलेक्ट्रोम्याग्नेटिक फेराइट कोर भएका इन्ग्याजेटले जनाएको छ।

यी इलेक्ट्रोभक्सेलको साइज ६० मिलिमिटर रहेका छन् भने प्रत्येकको जम्मा खर्च ६० सेन्ट लाग्ने बताइएको छ।

चुम्बकको पोलारिटी अर्थात् आकर्षण/विकर्षण शक्तिमा परिवर्तन आएपछि प्रत्येक साइजले एक अर्कालाई आकर्षण/विकर्षण गर्न सक्छन्

अनुसन्धाताका अनुसार सफ्टवेयरमार्फत् १ हजार इलेक्ट्रोभक्सेललाई नियन्त्रण गर्न सकिने जानकारी दिएका छन्। यूजरले ती ब्लकहरुलाई विभिन्न आकार बदल्न भन्न सक्नेछन् जस्तै: कुर्सीको आकारबाट परिवर्तन भएर काउच बन्नु आदि।

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार