काठमाडौं ।
काठमाडौं, १३ असोज । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटो मोबाईलले उत्सवमय समयका लागि रेनोल्ट क्यासटिभल (Renault Cashtival) घोषणा गरेको छ ।
अफरअन्तर्गत ग्राहकहरुले रेनो डस्टरको खरिदमा रु.१,२५,०००/- तथा क्विडको खरिदमा रु.९०,०००/- क्यास ब्याक प्राप्त गर्नेछन् । क्यास ब्याकको अतिरिक्त, ग्राहकहरुले रु.१०,०००/- मूल्य बराबरको गिफ्ट ह्याम्परका साथै जोडिहरुले (रेनो डस्टरको मोडेल RXZ+, RXZ+AMT, RXZ+AWD) को प्रत्येक खरिदमा सिंगापुरको राउण्ड ट्रिपको फ्रि टिकट जित्नसक्नेछन् ।
अफरको स्कीम लागू हुने अवधिसम्म कम्पनीले एक्सचेन्ज अफरका साथै न्यूनतम ब्याजदरमा मासिक किस्ताबन्दी र एक वर्षको लागि सडक कर छुट सुविधा उपलब्ध गराउनेछ, जसले गर्दा ग्राहकहरुले आफ्नो पुरानो गाडिहरु साटेर नयाँँ रेनो कार सहज रुपमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो अफर यही भदौ १४ गतेदेखि कार्तिक २१ गतेसम्म लागू हुनेछ ।
प्रकाशित: १३ आश्विन २०७३, बिहीबार