
काठमाडौं ।
तपाईंले अहिलेसम्म क्रिप्टोकरेन्सीको संसारमा साइबर अपराधका धेरै कथाहरू सुन्नु वा पढ्नुभएको होला, तर क्रिप्टो संकटसँग सम्बन्धित पछिल्लो समाचार भने धेरै फिल्मी स्टाइलको र गम्भीर छ।
अन्तराष्ट्रिय मिडियाहरुको रिपोर्टअनुसार नेदरल्याण्ड्सस्थित एम्स्टर्डमको एप्पल स्टोरमा एक ग्राहक र कर्मचारीलाई धेरै घण्टासम्म बन्धक बनाईएको थियो र अपराधीले बन्धकलाई रिहा गर्न बदलामा २० करोड डलर बराबर क्रिप्टोकरेन्सी माग्यो।
समाचार एजेन्सीको रिपोर्टअनुसार, एक २७ वर्षीय व्यक्तिले एप्पलको फ्ल्यागशिप स्टोरका ग्राहक र कर्मचारीलाई बन्दुक देखाएर बन्धक बनाएका थिए। सो घटना गत मंगलबार भएको थियो, जब क्यामोपोलिस गियर लगाएका एक अपरिचित व्यक्तिले एप्पल स्टोरमा प्रवेश गरेपछि बन्दुक चलाए। त्यसपछि पसलमा उपस्थित धेरै ग्राहक मध्ये एक जनालाई बन्धक बनाएको थियो।
एम्स्टर्डम पुलिसले बुधबार एक ट्वीटमार्फत सो जानकारी सेयर गरेको छ। ट्वीटमा भनिएको छ (अनुवाद गरिएको) “संदिग्ध व्यक्तिलाई अस्पताल लगिएको छ। अहिले, हामी अझै लीडस्प्लेइनको एप्पल स्टोरमा व्यापक अनुसन्धान गरिरहेका छौं।”
द भर्जले रिपोर्ट गरेअनुसार घटनास्थलमा आइपुगेका पुलिसले भाग्दै गरेको संदिग्धलाई बख्तरबंद बीएमडब्लु एक्स ५ गाडीले हिर्काएको थियो र त्यसपछि अपराधी भुइँमा लडेर बेहोस भएको थियो। प्रहरीले उक्त व्यक्तिसँग कुनै किसिमको विष्फोटक पदार्थ भएको आशंकामा रोबोटमार्फत खोजी गरेको थियो।
प्रहरीकाअनुसार अपराधीले क्रिप्टोकरेन्सीमा २० करोड डलर बराबर मागेको थियो। यससँगै उनले त्यो एप्पल स्टोरबाट सुरक्षित तरिकाले बाहिर निकाल्न पनि आग्रह गरेको थियो। अपहरणकारीले पानी मागेपछि प्रहरीले रोबोटमार्फत पसलभित्र पानी पठाएको थियो र मौकाको फाइदा उठाउँदै अपराधी त्यहाँबाट भागेको थियो। सो समयमा प्रहरीको कारले अपहरणकारीलाई ठक्कर दिएको थियो।
प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार