गुगल म्याप्सले इन्टरनेट कनेक्सन नभए पनि बताउनेछ बाटो, अपनाउनुहोस् यो सजिलो उपाय

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
गुगल म्याप्सले इन्टरनेट कनेक्सन नभए पनि बताउनेछ बाटो, अपनाउनुहोस् यो सजिलो उपाय
सांकेतिक तस्बिर

काठमाडौं ।

गुगल म्याप्स एउटा एप हो जसले तपाईंलाई कतै यात्रा गर्न धेरै मद्दत गर्दछ। यसको मद्दतले, तपाईं कसैलाई नसोधिकन र बिना समस्या सिधै कुनै पनि नयाँ ठाउँमा पुग्नुहुन्छ। यो सबै गुगल नेभिगेसन सुविधाका साथ सम्भव छ। यसलाई चलाउनको लागि अनलाइन हुनु आवश्यक छ, अर्थात् तपाईको स्मार्टफोनमा इन्टरनेट हुनु आवश्यक छ।

तपाईं इन्टरनेट बिना गुगलको नक्सा प्रयोग गर्ने सोच्न सक्नुहुन्न, तर गुगल म्याप्स (Google Maps) मा यस्तो सुविधा छ जसले तपाईं यसलाई इन्टरनेट बिना (अफलाइन) प्रयोग गर्न सक्नुहुन्छ।

यस्तो छ ट्रिक

यदि तपाईं गुगल म्याप्स अफलाइन प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईंले केही मनपर्ने गन्तव्यहरू सेभ गर्नुपर्छ। पछि तपाइँ यसलाई अफलाइन पनि प्रयोग गर्न सक्नुहुन्छ। तर यो अनलाइन जस्तै हुनेछ। अफलाइन नक्सा तपाईंको फोनको आन्तरिक मेमोरीमा डाउनलोड गरिएको हुन्छ। यद्यपि यो १५ दिनको लागि मात्र सेभ हुन्छ। त्यसपछि तपाईले यसलाई फेरि डाउनलोड गर्नुपर्नेछ।

कसरी डाउनलोड गर्ने

  • सबैभन्दा पहिले आफ्नो फोनमा गुगल एप खोल्नुहोस्।
  • अब माथि दायाँपट्टि दिइएको प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस्।
  • अब तपाईंले अफलाइन नक्साको विकल्पमा क्लिक गर्नुपर्नेछ।
  • त्यसपछि ‘सेलेक्ट योर ओन एप'(Select your own app) मा क्लिक गर्नुहोस्। तपाईंले सेभ गर्न चाहनुभएको स्थान खोज्नुहोस्। तपाईंले कुनै एक स्थानलाई पिन्च पनि गर्न सक्नुहुन्छ।
  • अब यो नक्सा डाउनलोड गर्नुहोस्।
  • जब तपाईं कहिँ जान चाहनुहुन्छ र अफलाइन हुनुहुन्छ भने तपाईंले यो डाउनलोड एपमा गएर यसलाई प्रयोग गर्न सक्नुहुन्छ।
  • एउटा कुरा ध्यानमा राख्नुहोस्- निश्चित समयपछि यो डाउनलोड एपको म्याद समाप्त हुन थाल्छ। यस अवस्थामा यसलाई पुन: डाउनलोड गर्नु आवश्यक हुनेछ।
  • जब तपाईं सेभ म्याप्समा जानुहुन्छ, अपडेटको विकल्प पनि देखा पर्नेछ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...