
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कांग्रेमा विश्वकै सबैभन्दा फास्ट चार्जिङ प्रविधि प्रदर्शन गर्ने भएको छ।
कम्पनीले आगामी फेब्रुअरी २८ मा आफ्नो उक्त नयाँ प्रविधि पहिलो पटक विश्वसामु ल्याउने भएको हो।
उक्त इभेन्टकै बेला रियलमीले आफ्नो जीटी२ सिरिजका मोबाइल फोन पनि सार्वजनिक गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।
रियलमीको यसअघिको सबैभन्दा फास्ट चार्जिङ सोलुशन गत २०२१ मा घोषणा गरिएको १२५ वाटको अल्ट्रा डार्ट रहेको थियो। तर यो घोषणामा मात्रै सीमित रह्यो र कुनै पनि व्यावसायिक स्मार्टफोनमा प्रयोग गरिएन।
उक्त दिन सार्वजनिक हुने फास्ट चार्जिङ प्रविधिको वास्तविक स्पीड कति हुनेछ भन्ने खुलाइएको छैन। तर नुबियाले आफ्नो रेड म्याजिक ७ प्रो मा १६५ वाट फास्ट चार्जिङ दिने योजना बनाएकाले कम्तीमा १६५ वाट भने हुनुपर्ने आकलन गरिएको छ।
प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार