
काठमाडौं ।
साउदी अरेबियामा ह्वाट्सएप प्रयोगकर्ताहरूले अरूलाई ‘रेड हार्ट’ इमोजी पठाएमा जरिवाना गरिने भएको छ। गल्फ टाइम्सकाअनुसार रेड हार्ट इमोजी पठाएकोमा दोषी पाइएमा दुई वर्षसम्मको जेल सजाय र १ लाख रियाल (लगभग २० लाख रुपैयाँ)सम्म जरिवाना हुन सक्छ।
समाचार पत्रलाई दिएको बयानमा, साउदी अरेबियाको एन्टी-फ्रड एसोसिएसनका सदस्य मोआताज कुत्बीले व्हाट्सएपमा ‘रेड हार्ट्स’ लाई “उत्पीडन अपराध” मान्न सकिन्छ भनेर स्पष्ट गरेका थिए।
साउदी अरेबियाले इमोजीको प्रयोगमा प्रतिबन्ध लगाएको देखिँदैन। यद्यपि, यदि कसैले त्यसको प्रयोग अनुपयुक्त महसुस गरेमा उजुरी गर्न सक्छ। गल्फ रिपोर्टअनुसार यदि यो मुद्दा अधिकारीहरूलाई रिपोर्ट गरिएको खण्डमा सो रेड हार्ट इमोजी पठाउने प्रेषकलाई यस्तो दुरुपयोगको लागि जवाफदेही बनाइनेछ।
साउदी अरेबियाको एन्टी फ्रड एसोसिएसनका सदस्य कुतुबीले थप स्पष्ट गरे, “साउदी अरेबियाको उत्पीडन विरोधी प्रणालीअनुसार, उत्पीडनलाई भनाई, कार्य वा इशाराबाट बुझ्न सकिन्छ। यसमा रेड हार्ट र रातो गुलाब इमोजीलाई यौन अपराधसँग जोडिएको छ।”
उनलेले अन्य प्रयोगकर्ताहरूको सहमति बिना कुराकानी (ह्वाट्सएपमा पनि) प्रवेश नगर्न चेतावनी दिए।
रिपोर्टमा उल्लेख भएअनुसार बारम्बार नियम उल्लङ्घन गरेमा पाँच वर्षको जेल सजायका साथै ३ लाख साउदी रियालसम्म जरिवाना हुन सक्छ।
प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार