डोनाल्ड ट्रम्पको नयाँ सोशल मिडिया ‘ट्रुथ सोशल’ एप्पलको एप स्टोरमा उपलब्ध

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
डोनाल्ड ट्रम्पको नयाँ सोशल मिडिया ‘ट्रुथ सोशल’ एप्पलको एप स्टोरमा उपलब्ध

काठमाडौं ।

डोनाल्ड ट्रम्पको नयाँ सामाजिक मिडिया उद्यम, ‘ट्रुथ सोशल’, एप्पलको एप स्टोरमा आइतवार ढिलो लन्च भएको छ। गत वर्ष धेरै प्लेटफर्महरूबाट प्रतिबन्ध लगाएपछि पूर्व अमेरिकी राष्ट्रपतिको सोशल मिडियामा फर्किने चाहनालाई यसले दर्शाउँछ।

एप मध्यरात भन्दा केही समय अघि डाउनलोड गर्न उपलब्ध थियो र एप प्रि-अर्डर गरेका प्रयोगकर्ताहरूसँग सम्बन्धित एप्पल इंकका डिभाइसहरूमा स्वचालित रूपमा डाउनलोड गरिएको रोयटर्सले उल्लेख गरेको छ।

केही प्रयोगकर्ताहरूले खाता दर्ता गर्न समस्या भएको रिपोर्ट गरे भने केहि सन्देशको साथ प्रतीक्षा सूचीमा थपिएका थिए। जसलाई सूचना दिँदै भनिएको छ, “ठूलो मागको कारणले गर्दा, हामीले तपाईंलाई हाम्रो प्रतीक्षा सूचीमा राखेका छौं।”

एप यसको परीक्षण चरणमा प्रयोग गर्न आमन्त्रित व्यक्तिहरूको लागि उपलब्ध भएको थियो।

जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा उनका समर्थकहरूले गरेको आक्रमणपछि ट्रम्पलाई हिंसा भड्काउने सन्देशहरू दिएको भन्दै ट्विटर इन्क, फेसबुक तथा अल्फावेट इंकको युट्युबमा प्रतिबन्ध लगाइएको थियो।

ट्रुथ सोसलको एप स्टोर पृष्ठले यसको संस्करण इतिहासको विवरण दिँदै एपको पहिलो सार्वजनिक संस्करण वा संस्करण १.० एक दिन अघि उपलब्ध भएको देखाएको छ। हालको संस्करण १.०.१ ले पृष्ठ अनुसार “बग समाधानहरू” समावेश गर्दछ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...