
काठमाडौं ।
जसरी तपाईँले आफ्नो हराएको वा चोरी भएको एन्ड्रोइड वा आईओएस डिभाइसलाई एप्पल र गुगलको ‘फाइन्ड माई डिभाइस’ सुविधामार्फत पत्ता लगाउन सक्नुहुन्छ, त्यसैगरी माइक्रोसफ्टको हराएको वा चोरी भएको विन्डोज ल्यापटपको अवस्थामा फाइन्ड माई डिभाइस सुविधा प्रयोग गरेर ट्र्याक गर्न सकिन्छ।
तर, ल्यापटप र स्मार्टफोन दुई फरक उपकरण हुन्। स्मार्टफोनहरू सधैं टेलिकम नेटवर्क वा वाईफाईमार्फत कनेक्सन हुन्छन् र यसले चीजहरू पत्ता लगाउन धेरै सजिलो बनाउँछ। अर्कोतर्फ ल्यापटपहरू सधैं कनेक्ट हुने होइन र यसले गर्दा हराएको वा चोरी भएको ल्यापटप ट्र्याक गर्न गाह्रो हुन्छ।
माइक्रोसफ्टको ‘फाइन्ड माई डिभाइस’ सुविधाले यसलाई सजिलो बनाउने लक्ष्य राखेको छ। यसबाट प्रयोगकर्ताले आफ्नो डिभाइसलाई टाढाबाटै लक गर्न सक्छन्। यो सुविधाले सर्फेस डिभाइसहरू सहित लगभग सबै पिसी र ल्यापटप डिभाइसहरूमा काम गर्दछ।
यदि तपाइँ यसलाई तपाइँको पीसी वा ल्यापटपमा कसरी सक्रिय गर्ने भनेर सोच्दै हुनुहुन्छ भने, यहाँ स्टेप बाई स्टेप गाइड छ।
पूर्व शर्तहरू
फाइन्ड माई डिभाइस कसरी सक्षम बनाउने (विन्डोज ल्यापटपहरूमा फाइन्ड माई डिभाइस इनेबल गर्नका लागि चरणहरू)
विन्डोज ल्यापटपमा फाइन्ड माई डिभाइस इनेबल गर्ने दुई तरिकाहरू छन्।
पहिलो डिभाइस सेटअप गरेको बेलामा र दोस्रो विकल्प सेटिङ्सबाट हो। हामी यहाँ दोस्रो विकल्पको बारेमा बताइरहेका छौं।
>सबैभन्दा पहिले आफ्नो ल्यापटपमा सेटिङ्स (Settings) एप खोल्नुहोस्।
>अब अपडेट एण्ड सेक्यूरिटी (Update & Securities) मा जानुहोस् र फाइन्ड माई डिभाइस (Find My Device) को विकल्पमा जानुहोस्।
>अब टगल इनेबल गर्नुहोस्।
हराएको ल्यापटप कसरी खोज्ने (तपाईंको हराएको वा चोरी भएको विन्डोज ल्यापटप पत्ता लगाउने चरणहरू)
> सबैभन्दा पहिले https://account.microsoft.com/devices बाट आफ्नो माइक्रोसफ्ट खाता अन्य डिभाइसमा खोल्नुहोस्।
> अब फाइन्ड माई डिभाइस ट्याब चयन गर्नुहोस्।
> तपाईंले फेला पार्न चाहनुभएको डिभाइस चयन गर्नुहोस्, र त्यसपछि तपाईंको डिभाइसको स्थान देखाउने नक्सा हेर्न सर्च चयन गर्नुहोस्।
कसरी आफ्नो डिभाइस लक गर्ने (तपाईंको विन्डोज उपकरण टाढाबाटै लक गर्ने चरण)
जब तपाईंले सो म्यापमा आफ्नो डिभाइस फेला पार्नुहुनेछ, त्यसपछि लकमा जानुहोस् -> र नेक्स्ट (Next) गर्नुहोस्। अब तपाईंको उपकरण लक हुनेछ।
प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार