
काठमाडौं ।
एप्पलले आईफोन १३ प्रो बाट चलचित्र छायांकन गर्नका लागि ओल्डब्वाइ चलचित्रका निर्देशकलाई चयन गरेको छ।
कम्पनीले आफ्ना अबका २ जेनेरेशनसम्मका आईफोनका क्षमता प्रोफेसनल स्तरको भिडियो खिच्नसक्ने भन्दै प्रचार प्रसार गरिरहेको छ।
यसै क्रममा हालैका अभियानहरुका लागि कम्पनीले कोरियाली चलचित्र निर्देशक पार्क चान-वूकलाई चयन गरेको छ।
वूक सन् २००३ मा बनेको कोरियाली चलचित्र ओल्डब्वाइका निर्देशक भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
तर हाल आईफोन १३ बाट भने २० मिनेटको छोटो चलचित्र खिचिने र यसको नाम ‘लाइफ इज बट अ ड्रिम’ रहने बुझिएको छ।
यो मार्शल आर्ट फ्यान्टासी चलचित्र हुने र पुरै चलचित्र आईफोन १३ प्रोबाट छायांकन गरी यूट्युबमा प्रसारण गरिने बताइएको छ।
एप्पलले उक्त चलचित्र छायांकन चलिरहँदाको पछाडिका दृश्यका भिडियो सार्वजनिक गरेको छ जसमा पार्क तथा उनका छायांकन टोली गिम्बलमा आईफोन १३ प्रो राखेर प्रयोग गरिरहेका देखिन्छन्।
प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार