भारतद्वारा चिप स्किम एप्लिकेशन विन्डो विस्तार

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
भारतद्वारा चिप स्किम एप्लिकेशन विन्डो विस्तार

काठमाडौं ।

मुख्य वैश्विक सेमिकन्डक्टर कम्पनीका एप्लिकेशन अभाव भएपछि भारतले एप्लिकेशन विन्डो विस्तार गर्ने योजना बनाएको छ।

इकोनोमिक टाइम्सले स्रोतलाई उद्धृत गर्दै १० अर्ब डलरको सेमिकन्डक्टर फ्याब योजनाका लागि उक्त एप्लिकेशन विन्डो विस्तार गर्ने भएको हो।

उक्त पत्रिकाले त्यस मामिलासँग सम्बद्ध अधिकारीलाई उद्धृत गर्दै भारत सरकार इन्टेल, सामसङ इलेक्ट्रोनिक्स, ग्लोबलफाउन्ड्रीज तथा टीएसएमसीसँग भारतमा लगानीको प्रस्तावका लागि छलफल गरिरहेको बताएको छ।

भारतले गत वर्षको डिसेम्बरमा १० अर्ब डलर बराबरको सेमिकन्डक्टर लगानी योजना अगाडि सारेको थियो। यस अन्तर्गत स्थानीय रुपमा फ्याब स्थापना गर्नेलाई परियोजना खर्चको ५० प्रतिशत अनुदान दिने घोषणा निर्णय भएको थियो भने १ जनवरी २०२२ देखि ४५ दिनको एप्लिकेशन खोल्ने पनि जनाएको थियो।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार