‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणना

  • Technology Khabar | ७ फाल्गुन २०७८, शनिबार
‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणना

काठमाडौं ।

नेपालमा आज (शनिबार) पहिलो पटक मोबाइल एपको प्रयोग गरर चरा गणना गरिँदैछ। कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको हो।

नेपालमा चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको  नेपाल पंक्षी संरक्षण सङ्घले (बीसीएन) ले तयार पारेको एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो। स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए।

“मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ”, उनले भने ।

सो एपमा प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।

पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उनले बताए । स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ।

स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए। चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ। यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ।

एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ ।

प्रकाशित: ७ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार