एप्पल आईफोन १४ प्रोमा सबैभन्दा ठूलो र्याम अपग्रेड हुने, सामसङ ग्यालेक्सी एस२२ सिरिजलाई टक्कर दिने

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
एप्पल आईफोन १४ प्रोमा सबैभन्दा ठूलो र्याम अपग्रेड हुने, सामसङ ग्यालेक्सी एस२२ सिरिजलाई टक्कर दिने
सांकेतिक तस्बिर

काठमाडौं ।

एप्पलको आगामी आईफोनले र्यामको सन्दर्भमा ठूलो अपग्रेड देख्न सक्ने हालै आएको एक रिपोर्टले दाबी गरेको छ। नयाँ रिपोर्ट अनुसार, आईफोन १३ प्रोको सम्भावित उत्तराधिकारी,आईफोन १४ प्रो स्मार्टफोनमा ८जीबीसम्मको र्याम हुन सक्छ।

प्रो मोडल कम्पनीको हाई-एन्ड स्मार्टफोन हो र हालसालै लन्च गरिएको सामसङ ग्यालेक्सी एस२२ र ग्यालेक्सी एस २२ प्लस स्मार्टफोनहरू जस्तै र्यामको क्षमता प्राप्त हुने सम्भावना छ। हाल आईफोन १२ प्रो र आईफोन १३ प्रोमा ६जीबी र्याम दिइएको छ।

यद्यपि, एप्पलले आफ्नो आगामी आईफोन सिरिजको स्पेसिफिकेशन सहित कुनै जानकारी भने खुलाएको छैन।

एक कोरियाली ब्लगको प्रयोगकर्ता ‘yeux1122’ को पोस्ट अनुसार, पछिल्लो समय चर्चा भएको एप्पल आईफोन १४ प्रो मोडेल ८जीबी र्यामको साथ आउनेछ। यो र्याम विकल्प आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स लगायत आईफोन १२ प्रो र आईफोन १३ प्रो म्याक्स भन्दा बढी छ।

ब्लग पोष्टका अनुसार कोभिड महामारीका कारण कम्पोनेन्टको आपूर्ति श्रृंखला व्यवस्थापन निकै कठिन हुँदै गइरहेको छ। यही कारणले गर्दा एप्पलले आईफोन १४ प्रो को उत्पादनलाई गति दिइरहेको छ।

डिसेम्बरमा आएको ब्लूमबर्गको रिपोर्ट अनुसार, एप्पलले कम्पोनेन्ट आपूर्तिकर्ताहरूलाई आईफोन १३ लाइनअपको मागको बारेमा पनि जानकारी गराएको थियो। कम्पनीले आइफोन १३ को उत्पादन लक्ष्यमा १ करोड युनिटले कटौती गरेको थियो।

कम्पनीले अब ल्याउने आईफोन १४ प्रोमा ८जीबी र्याम राखिएको खण्डमा यसले सामसङ ग्यालेक्सी एस२२ र एस २२ प्लसलाई बजारमा टक्कर दिनेछ।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार