ट्विटरले ट्रोल र घृणासम्बन्धी सामग्रीमा अझ कडाई गर्ने

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
ट्विटरले ट्रोल र घृणासम्बन्धी सामग्रीमा अझ कडाई गर्ने

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ट्विटरले ट्रोल तथा घृणासम्बन्धी पोस्टहरुमा अझ कडाई गर्ने भएको छ।

कम्पनीले हालै आफ्नो सेफ्टी मोड फिचरलाई थप विस्तार गर्ने योजना अगाडि ल्याएको छ जसमार्फत् यूजरहरुले हानिकारक तथा अश्लील ट्वीट पठाउने एकाउन्ट अस्थायी रुपमा ब्लक गर्न सक्नेछन्।

उक्त सिस्टमले घृणाजन्य भनाई वा अनावश्यक कमेन्ट गर्नेहरुलाई फ्ल्याग गर्दै ७ दिनका लागि ब्लकसमेत गरिदिन्छ।

ट्विटरका बेलायत, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड तथा आयरल्याण्डका आधाजसो प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने बीबीसीले जनाएको छ।

यसबाहेक उनीहरुले प्रोएक्टिभ सेफ्टी मोड नामक अर्को फिचर पनि प्रयोग गर्न पाउने भएका छन्। यसले सम्भावित हानिकारक रिप्लाइलाई पहिचान गरी यूजरहरुलाई उक्त मोड इनेबल गर्न सुझाव दिनेछ।

बीबीसीले ट्विटरलाई उद्धृत गर्दै साइटले यो फिचर शुरुको परीक्षणमार्फत् अनावश्यक कुराकानी मन नपराउने केही यूजरले दिएका सुझावका आधारमा थप गरेको उल्लेख गरेको छ।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार