नासाको चन्द्र एक्स-रे अब्जरभेटरीको क्यामरामा समस्या

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
नासाको चन्द्र एक्स-रे अब्जरभेटरीको क्यामरामा समस्या

काठमाडौं ।

नासाले पावरमा आएको समस्याका कारण अन्तरिक्षमा रहेको आफ्नो एउटा टेलिस्कोप क्यामरा बन्द गरेको छ।

चन्द्र एक्स-रे अब्जरभेटरीको उक्त क्यामरा बन्द भएका कारण २ दशकदेखि ब्रह्माण्डको अति तातो क्षेत्रको अध्ययन गरिरहेकोमा उक्त वैज्ञानिक काम रोक्नुपरेको छ।

उक्त टेलिस्कोपमा रहेको हाइ रेजोल्युशन क्यामरा गत फेब्रुअरी ९ मा समस्या आएको नासाले जनाएको छ।

नासाका वैज्ञानिकहरुले अहिले उक्त समस्याको अध्ययन गरिरहेको र उक्त अब्जरभेटरीलाई सकेसम्म छिटो पुन: काममा फर्काउने उपाय खोजिरहेका ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

नासाले हालसम्म उक्त टेलिस्कोपमा रहेको समस्या पत्ता लगाउन सकेको छैन। चन्द्र एक्स-रे अब्जरभेटरी सन् १९९९ मा स्पेस शटल कोलम्बियामा राखेर प्रक्षेपण गरिएको थियो।

त्यसपछि यसले अनगिन्ती डाटा पृथ्वीमा पठाइसकेको छ जसले वैज्ञानिकरुलाई ब्रह्माण्डका थुप्रै रहस्य र उद्विकासका बारेमा थाहा पाउन सघाउ पुगेको छ।

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...