सामाजिक सञ्जालमा अरुको फोटो/भिडियो पोस्ट गर्दा होश गर्नुहोस्, घरमै आउला साइबर ब्यूरो

  • Technology Khabar | ४ फाल्गुन २०७८, बुधबार
सामाजिक सञ्जालमा अरुको फोटो/भिडियो पोस्ट गर्दा होश गर्नुहोस्, घरमै आउला साइबर ब्यूरो

काठमाडौं ।

विदेशमा अध्ययनरत नेपाली युवतीको तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लील स्टाटस पोस्ट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

रुपन्देही जिल्ला, बुटवल-११ देवीनगर बस्ने एलिस भन्ने राजन श्रेष्ठलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले विज्ञप्तिमार्फत् जानकारी दिएको हो।

आरोपित श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा फेक प्रोफाइल बनाई उक्त प्रोफाइलबाट ती युवतीको अश्लील फोटो/भिडियो पोस्ट गर्नुका साथै अश्लील स्टाटस लेखेर पीडीतका आफन्त तथा साथीभाइलाई शेयर गरेको ब्यूरोको भनाई छ।

उक्त गतिविधिमार्फत् ती पीडित महिलाको चरित्र हत्या गरेको र उक्त कार्य विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा परेकाले जिल्ला अदालत काठमाडाैंबाट इजाजत लिई आरोपित श्रेष्ठलाई फागुन ३ गते मंगलबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका उनलाई अदालतकै आदेशमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको पनि बुझिएको छ।

सम्बन्धित समाचार

प्र्यांकको नाउँमा शारीरिक-मानसिक हैरानी दिँदै गोप्य भिडियो बनाएर यूट्युबमा अपलोड गर्ने व्यक्ति पक्राऊ   

प्र्यांक गर्नेलाई कारबाही गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बर्खिलाफ हुनसक्ने पत्रकार महासंघको चिन्ता

प्र्यांक गर्ने नाममा तस्विर वा भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई कारबाहीको चेतावनी

*हेडलाइन सम्पादन गरिएको

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार