
काठमाडौं ।
२०२१ मा भएका ७४ प्रतिशत र्यान्समवेयरको आम्दानी रुससम्बद्ध ह्याकरहरुलाई गएको एउटा विश्लेषणले देखाएको छ।
हालै अनुसन्धाताहरुले ४० करोड डलरभन्दा धेरै रकम बराबरको क्रिप्टोकरेन्सी भुक्तानी ‘रुससँग सम्बद्ध हुनसक्ने प्रबल सम्भावना भएका’ समूहलाई गएको बीबीसीले उल्लेख गरेको छ।
रुसले भने आफूले साइबर अपराधीहरुलाई बढावा दिइरहेको आरोप अस्विकार गरेको छ। अनुसन्धाताहरुले ‘ठूलो परिमाणको क्रिप्टोकरेन्सीमा आधारित रकम शुद्धीकरण’ मा गएको पनि दावी गरेका छन्।
अनुसन्धान संस्था चेनालाइसिसले सार्वजनिक प्राय नाम चलेका ह्याकिङ समूहका डिजिटल वालेटमार्फत् ब्लकचेन कारोबारको प्रयोग गरेर रकम प्रवाह भएको बाटो पछ्याउन सफल भएको बताएको छ।
अध्ययनबाट विश्लेषकहरुले ती ह्याकिङ समूहहरुले निम्न प्रकारका व्यवहार र गतिविधि देखाएका कारण रुसी भएका पनि बताएका छन्:
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार