
काठमाडौं ।
एप्पलले यस महिनादेखि लागू हुनेगरी धेरै अमेरिकी खुद्रा कर्मचारीहरूको तलब बढाउँदैछ ।
ब्लूमबर्ग न्यूजले शुक्रबार रिपोर्ट गरेअनुसार तलब वृद्धिहरू स्टोरको स्थान र भूमिकामा निर्भर गर्दै २ प्रतिशत देखि १० प्रतिशतसम्म हुन्छन् । र नयाँ तलब जिनियस बार प्राविधिक कर्मचारी र घण्टामा काम गर्ने केही वरिष्ठ कामदारहरूसहित बिक्री कर्मचारीहरूमा जानेछ।
यो वृद्धिहरू सबै कर्मचारीहरूलाई लागू नहुने गरी थपिएको छ। एप्पलले आफ्नो खुद्रा अपरेशनहरू विस्तार गर्दैछ, र कोभिड १९ अघि र यस अवधिमा विकसित रणनीतिहरूको संयोजनले आफ्ना स्टोरहरूलाई पहिले भन्दा बढी लोकप्रिय बनाउने बताउँदै आएको छ।
गत वर्ष, एप्पलले व्यस्त छुट्टीको मौसम अघि स्टोरका कर्मचारीहरूलाई १ हजार डलर एक पटक बोनस तिरेको बताईएको छ।
सन् २०२१ मा यसका प्रमुख कार्यकारी टिम कुकको तलब लगभग १० करोड डलर थियो र यो एप्पलका औसत कर्मचारीको भन्दा लगभग १,४४७ गुणा बढि हो।
प्रकाशित: २९ माघ २०७८, शनिबार