जिल्ला समन्वय समिति पदाधिकारीले प्रयोग गरेका ल्यापटप र ट्याब फिर्ता गर्नु नपर्ने

  • Technology Khabar | २९ माघ २०७८, शनिबार
जिल्ला समन्वय समिति पदाधिकारीले प्रयोग गरेका ल्यापटप र ट्याब फिर्ता गर्नु नपर्ने
सांकेतिक तस्बिर

काठमाडौं ।

बुधबार भएको डोटीको वार्षिक समीक्षा बैठक तथा पाँचौँ जिल्ला सभाले जिल्ला समन्वय समितिका पदाधिकारीले प्रयोगका लागि लिएका ल्यापटप र ट्याब फिर्ता नलिने निर्णय गरेको छ।

जिल्ला सभाले विभिन्न १२ बुँदे निर्णय गरेको छ। निर्णयको १० नम्बर बुँदामा पदाधिकारीले बुझिलिएको ल्यापटप र ट्याब टुटफुट भई काम नलाग्ने भएको हुँदा कार्यालयमा बुझाउनु नपर्ने गरी मिनाहा गर्ने उल्लेख गरिएको छ।

जिल्ला सभामा जिल्लास्थित राजनीतिक दल, अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो । सहभागी डोटीका प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टले भने सो निर्णयबारे आपत्ति जनाएका छन् ।

नियम विपरीत गरिएको निर्णय मान्य नहुने प्रमुख जिल्ला अधिकारी विष्टले बताएका छन् । जिल्ला सभाको निर्णय बाहिरिएसँगै सर्वत्र विरोध हुन थालेको छ। सुरुमा उठाइएको उपस्थितिलाई आधार बनाएर निर्णय लेखेका कारण उपस्थित कतिपयले निर्णयबारेमा जानकारीसमेत पाउन सकेनन्।

कार्यक्रममा उपस्थित डोटीको पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले नियम विपरीतका निर्णय अमान्य हुने बताए। गोरखापत्र

प्रकाशित: २९ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार