एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट १.६२ रुपैयाँ मात्र

  • Technology Khabar | २९ माघ २०७८, शनिबार
एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट १.६२ रुपैयाँ मात्र

काठमाडौं ।

एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्छन्।

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ।

यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107# डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

“नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । हामी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मुल्य प्रदान गर्न सदा प्रयासरत रहेका छौं,” कम्पनीले भनेको छ।

यो नयाँ महशुल दर २०७९ साउन २४ गतेसम्म लागु रहने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार