कजाकिस्तानले क्रिप्टोकरेन्सी माइनिङ्ग माथि कडाई गर्दै, बिजुलीमा कर बढाउने

  • Technology Khabar | २९ माघ २०७८, शनिबार
कजाकिस्तानले क्रिप्टोकरेन्सी माइनिङ्ग माथि कडाई गर्दै, बिजुलीमा कर बढाउने

काठमाडौं ।

कजाकिस्तानमा कार्यरत क्रिप्टोकरेन्सी माइनर्सको लागि बिजुलीको मूल्य कथित रूपमा बढाइएको छ। अब बिजुली प्रयोग गर्दा माइनर्सले महँगो मूल्य तिर्नुपर्ने भएको छ।

मध्य एसियाली देशका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले अधिकारीहरूलाई क्रिप्टो-माइनिङ्ग संगठनहरूको लागि बिजुलीमा कर बढाउन आदेश दिएको यो रिपोर्ट गरिएको छ। यसका साथै अवैध क्रिप्टो-माइनिङ्ग गतिविधि हटाउन सबै क्रिप्टो-माइनिङ्ग व्यवसाय र सेवाहरू पहिचान गर्न पनि आदेश दिइएको छ।

काजाकस्तानले सबै सेवाहरूलाई इजाजतपत्र र त्यसपछि कर लगाइने सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सामान्य कम्प्यूटर भन्दा बढी बिजुली खपत गर्ने बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीहरू माइनिङ्गका लागि माइनहरूले उन्नत कम्प्युटरहरू प्रयोग गर्छन्।

गत वर्ष कजाकस्तानले विद्युत करमा ०.००२३ डलर थपेको थियो। स्थानीय सञ्चारमाध्यम तेन्ग्रिन न्यूजलाई उदृत गर्दै ग्याजेट३६०काअनुसार यसपटक कर पाँच गुणा बढाइएको छ।

रिपोर्टले राष्ट्रपतिको भनाइलाई उद्धृत गरेको छ, जसमा भनिएको छ, “वर्तमान दर सामान्य छ। यो करलाई चाँडोभन्दा चाँडो धेरै गुणा बढाउन म सरकारलाई निर्देशन दिन्छु।”

अबदेखि क्रिप्टो माइनहरूले आफ्नो उपकरणको लागि पनि आयात शुल्क तिर्नुपर्नेछ।

काजाकिस्तानका राष्ट्रपतिले सम्बन्धित सरकारी संस्थाहरूलाई क्रिप्टो-माइनिङ्ग नियमहरू १ अप्रिल सम्ममा पूर्ण प्रस्ताव बनाउन आदेश दिएका छन्।

गत वर्ष, कजाकस्तान संयुक्त राज्य अमेरिकापछि बिटक्वाइन माइनको लागि विश्वको दोस्रो ठूलो केन्द्र बनेको थियो।

प्रकाशित: २९ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार