
काठमाडौं ।
सामाजिक सञ्जालले रेडिट टक (Reddit Talk) को सुरुवात गरेको लगभग एक वर्ष पछि, कम्पनीले आफ्नो लाइभ अडियो च्याटलाई डेस्कटपमा विस्तार गर्दैछ र कुराकानीहरू फेला पार्न र सहभागी हुन सजिलो बनाउन धेरै नयाँ सुविधाहरू थप्दैछ।
जब यो पहिलो पटक गत अप्रिलमा सुरु भएको थियो त्यसबेला अडियो च्याटहरू मोबाइलमा मात्र उपलब्ध थिए र रेडिट प्रयोगकर्ताहरूले कुराकानी सुन्न चाहेको खण्डमा लाइभमा सुन्न पर्थ्यो।
त्यो अब परिवर्तन हुँदैछ, र रेडिट टक अब डेस्कटप ब्राउजरहरूमा उपलब्ध छ । यसमा कुराकानीहरू अब रेकर्ड गरिएका छन् जसले गर्दा प्रयोगकर्ताहरूले कुराकानी समाप्त भएपछि पनि स्ट्रिम गर्न सक्छन्। रेडिटले यसमा टिप्पणी गर्ने क्षमताहरू पनि थपिरहेको छ, त्यसैले सहभागीहरूले “हात उठाउने” सुविधा प्रयोग नगरीकन र मध्यस्थकर्ताले अन गरुन भनेर कुर्नु पर्दैन।
रेडिटले एपको शीर्षमा “लाइभ बार” थपेर अडियो च्याटहरू फेला पार्न सजिलो बनाउन प्रयास गरिरहेको छ जसले वास्तविक समयमा भइरहेका कुराकानीहरूलाई हाइलाइट गर्दछ । यो फिचरले जसरी ट्विटरले ट्विटर स्पेसहरूमा प्रयोगकर्ताको टाइमलाइन लाइभ च्याटहरूलाई यसको शीर्षमा धकेल्छ त्यसैगरी रेडिटमा पनि काम गर्दछ।
विस्तारको साथ, रेडिटले लाइभ अडियोलाई यसको प्लेटफर्मको अधिक केन्द्रीय भाग बनाउन अगाडी बढाईरहेको छ। रेडिट टक कति व्यापक रूपमा प्रयोग गरिन्छ, यो अझै स्पष्ट छैन, तर एक ब्लग पोस्टमा कम्पनीले “दैनिक सक्रिय श्रोताहरूमा २५० प्रतिशतको वृद्धि” देखेको बताएको छ। कम्पनीले क्रिप्टोकरेन्सी वालस्ट्रिटबेट्स स्पेससहित १ हजार भन्दा बढी सब रेडिटहरुले यो सुविधा सक्षम पारेको बताएको छ।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार