
काठमाडौं ।
रिभियन तथा सामसङबीचको साझेदारीमा लिथियम ब्याट्री फ्याक्ट्री बनाउने सहमति लिखित सम्झाैतामा नजाँदै रद्द भएको छ।
कोरियाली इलेक्ट्रोनिक्स समाचार पोर्टल दइलेकका अनुसार विद्युतीय सवारीको चर्चा र माग बढेपछि केही समययता लिथियम ब्याट्री उद्योगको माग पनि निकै बढ्दै गइरहेको छ।
आपूर्तिकर्ता स्रोतले कच्चा पदार्थको मूल्य निकै आकाशिएकाले सुपरपावर, कार निर्माता तथा ब्याट्री निर्माताबीच लिथियम ब्याट्री आपूर्ति/क्षमताका लागि हुने प्रतिस्पर्धा चुलिएको छ।
२०२१ भरी बढेको मागका कारण मूल्य बढ्न शुरु हुनुअघि अधिकांश ब्याट्रि निर्माताहरु थुप्रै वर्षदेखि घाटामै चलिरहेका थिए।
यो प्रतिस्पर्धा यी कम्पनीहरुको पुँजीमा मात्र नभई उद्योगमा रहेको उनीहरुको क्षमता/तागतको पनि थियो।
लिथियम ब्याट्रीमाथिको नियन्त्रण सबैभन्दा बढी ब्याट्री निर्माता तथा ठूला कार निर्माताहरुको रहेको र बृहत् उत्पादनमा जान संघर्ष गरिरहेका स्टार्टअप निर्माताहरुसँग ब्याट्री आपूर्तिका लागि मोलमोलाई गर्ने सामर्थ्य नभएको दइलेकले उल्लेख गरेको छ।
आपूर्तिकर्ताहरुले थोरै उत्पादन गर्ने स्टार्टअपहरु भने सीमान्तकृत भएको बताएका छन्। दइलेकका अनुसार सामसङ एसडीआईले रिभियनलाई अस्वीकार गरेर स्टेलान्टिससँग साझेदारी गरेपछि यो सहमति तोडिएको हो।
प्रकाशित: २८ माघ २०७८, शुक्रबार