नबिल म्युचुअल फण्डको नबिल इक्विटी फण्ड आउँदै

  • Technology Khabar | २५ भाद्र २०७३, शनिबार
नबिल म्युचुअल फण्डको नबिल इक्विटी फण्ड आउँदै

काठमाडौं ।

काठमाडौं, २५ भदौ । नबिल म्युचुअल फण्ड ले आफ्नो दोश्रो योजना नबिल इक्विटी फण्ड बजारमा ल्याएको छ । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड (नबिल इन्भेष्ट) ले योजना ब्यवस्थापक तथा डिपोजिटरीको रुपमा नबिल म्युचुअल फण्डको पहिलो योजना नबिल ब्यालेन्स्ड् फण्ड १ मा सेवा प्रदान गर्दै आएको छ ।
नबिल ब्यालेन्स्ड् फण्ड १ को पहिलो योजनाको सफलतापछि नबिल म्युचुअल फण्डले आफ्नो दोश्रो योजना नबिल इक्विटी फण्ड बजारमा ल्याएको हो । यो एक बन्दमुखी योजना हो जसको आकार रु.१ अर्ब (एक अर्ब) र अवधि ७ बर्षको रहने कम्पनीले जानकारी दिएको छ । यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरी कारोवारको व्यवस्था मिलाईने र अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्रीगर्न सकिने कम्पनीको भनाई छ ।
यस योजना मिति असोज २ गतेदेखि निष्काशन खुल्ला हुने र छिटोमा मिति असोज ६ गते निष्काशन कार्य बन्द गरिनेछ । इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम रु.१ हजारदेखि अधिकतम् रु.१० करोडसम्म लगानीगर्न सक्नेछन् ।
साथै नबिल बैंक तथा नबिल इन्भेष्टले बीउ पूँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानीगर्ने निर्णय गरिसकेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि कम्पनीले ल्याएको नबिल ब्यालेन्स्ड् फण्ड १ को भदौ १७ मा खुद सम्पत्ति मुल्य रू.२९.४५ प्रति इकाई र बिनिमय बजारमा रू.२५ प्र्रति इकाईमा कारोबार भईरहेको छ । उक्त योजनाले बिगत दुई आर्थिक बर्षमा हरेक बर्ष १४ प्रतिशतका दरले नगद लाभांश आफ्नो इकाई धनीहरुलाई बितरण गरेको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित: २५ भाद्र २०७३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...