मोबाइल वालेटमार्फत् गरिएको कारोबार रकम एक महिनामा ७४ करोड रुपैयाँले बढ्यो

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
मोबाइल वालेटमार्फत् गरिएको कारोबार रकम एक महिनामा ७४ करोड रुपैयाँले बढ्यो

काठमाडौं ।

मंसिर महिनामा मोबाइल वालेट मार्फत् १ करोड ३७ लाख १२ हजारभन्दा बढी सङ्ख्यामा कारोबर भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मासिक प्रतिवेदन अनुसार मंसिर मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ३० लाख ८८ हजार ५४३ पुगेको रहेकोमा पुष मसान्तसम्म आइपुग्दा १ करोड ३७ लाख १२ हजार २०६ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात् मंसिर मसान्तसम्मको  तुलनामा ६ लाख २३ हजार ६६३ ले बढी हो।

यो आँकडा कार्तिक मसान्तसम्म १ करोड ३० लाख ३० हजार ८०४ रहेको थियो।

मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या तथा रकममा यो वर्षको ६ महिनाबीचमा मिश्रित व्यवहार देखिएको छ। यसको मतलब महिनैपिच्छे बढ्दै वा घट्दै गएको आँकडा छैन।

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती तीन महिनामा सामान्य हिसाबले बढ्लै गइरहेको कारोबार रकम र सङ्ख्या चाैथो महिना अर्थात् कार्तिकमा नराम्ररी खस्केको थियो।

तर पाँचाैं महिनामा  रकम र सङ्ख्या दुवैमा केही बढोत्तरी भएको देखियो।

छैटो महिना पुषमा पनि पाँचाैं महिनाकै पदचाप देखिएको छ। पुष मसान्तसम्मको एक महिनाको अवधिमा कारोबार रकम र सङ्ख्या उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ।

मोबाइल वालेटमार्फत् मंसिर मसान्तसम्म १५ अर्ब ५२ करोड ८० लाख रुपैयाँको कारोबार गरेकामा पुस मसान्तसम्मको एक महिनाको अवधिमा भने १२ अर्ब २७ करोड ७० लाख रुपैयाँ पुगेको छ।

एक महिनाअघिको तुलनामा यो आँकडा ७४ करोड ८० लाख रुपैयाँले बढी हो।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...