स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज र विगत लामो समय देखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा पुर्याउँदै आएको मुलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकवीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ। बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ। साथै, एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पिओएस र ईकमर्श जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...