पेगासस स्पाइवेयर सम्बन्धमा इजरायलले सोधपूछ गर्ने

  • Technology Khabar | २६ माघ २०७८, बुधबार
पेगासस स्पाइवेयर सम्बन्धमा इजरायलले सोधपूछ गर्ने

काठमाडौं ।

इजरायलले एनएसओको पेगासस स्पाइवेयर सम्बन्धमा एउटा राष्ट्रिय सोधपूछ आयोजना गर्ने भएको छ।

एउटा स्थानीय अखबारले प्रहरीले पूर्व प्रधानमन्त्री बेन्यामिन नेतान्याहु तथा अन्य सार्वजनिक व्यक्तित्वहरुका सूचना दिने व्यक्तिहरुको जासूसीका लागु पेगासस स्पाइवेयर प्रयोग गरेको समाचार प्रकाशन गरेपछि यस्तो निर्णय गरिएको रोयटर्सले जनाएको छ।

मोबाइल फोन ह्याकिङ टूलका रुपमा रहेको पेगासस इजरायलको एनएसओ ग्रुपले निर्माण गरेको हो। यो स्पाइवेयर कुनै पनि लक्षित संस्था वा व्यक्तिमाथि पुर्जी जारी नगरी र कुनै अनुसन्धान शुरु हुनु अगावै जासूसी गर्नका लागि प्रयोग गरिने गरेको क्याल्कालिस्टले आफ्नो रिपोर्टमा जनाएको छ।

गत वर्ष विदेशी ग्राहकले पत्रकार, अधिकारकर्मी तथा अन्य व्यक्तित्वहरुमाथि जासूसी गरेकोमा हालको सर्वसाधारणको आलोचना पनि थपिएपछि इजरायल सरकारले उक्त सफ्टवेयर निर्यातको समीक्षा पनि मगाउनुपरेको थियो।

एनएसओले भने आफ्ना सबै बिक्रीहरु सरकारमार्फत आधिकारिक रुपमा हुने र कम्पनी आफैंले पेगासस नचलाउने जवाफ दिएको छ।

प्रकाशित: २६ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार