
काठमाडौं ।
केही समययता चर्चामा रहेको यो डिभाइस अब भने औपचारिक रुपमा सार्वजनिक हुने सुनिश्चित भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
नुबियाका अनुसार उक्त दिन अपराह्न ३ बजे चीनमा यो डिभाइस सार्वजनिक कार्यक्रम शुरु हुनेछ।
नुबियाले रेड म्याजिक ७ का बारेमा धेरै विवरण बाहिर नल्याए पनि कम्पनीले उक्त दिन एकभन्दा बढी स्मार्टफोन अनावरण गर्ने बुझिएको छ। कम्पनीले आफ्नो वेबो एकाउन्टमा उक्त दिन सिरिज सार्वजनिक गर्ने पोस्ट गरेकाले यस्तो आकलन गरिएको हो।
टीनामा भ्यानिला मोडल स्पेसिफिकेशन र तस्बिरसहित देखिएको थियो भने प्रो भर्सनलाई थ्रीसीले १६५ वाट चार्जिङको सर्टिफिकेशन प्रदान गरेको छ।
रेड म्याजिक ७ सिरिजमा स्न्यापड्रागन ८ जेन चिपसेट रहने बताइएको छ भने यसको भ्यानिला मोडलमा अन्डर डिस्प्ले क्यामरा उपलब्ध हुने बुझिएको छ।
प्रकाशित: २६ माघ २०७८, बुधबार