
काठमाडौं ।
जापानी कम्पनी तोशिबा कर्पले तीनको सट्टा दुई भागमा विभाजन हुने साथै एयर कन्डिशन इकाइ बन्द गर्ने बताएको छ।
कम्पनीले शेयरहोल्डरहरुले आफ्नो योजनाको विरुद्धमा गएपछि उक्त समस्या समाधानका लागि यस्तो निर्णय गरेको गत शुक्रबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
यो परिवर्तनले तोशिबाका देशबाहिरका शेयरधनीहरुसँगको विवादमा आएको मोडलाई दर्शाउँछ। तोशिबाका अधिकांश देशबिरका शेयरधनीमा अभिन्ता तथा हेज फण्डहरु रहेका छन्।
यो निर्णयले कुनै समय सर्वत्र राज गरेको कम्पनी तोशिबाले चुचुरोबाट झरेपछि आफ्नो साख जोगाउन कतिसम्म संघर्ष गरिरहेको छ भन्ने प्रस्ट पारेको छ।
निक्केइको रिपोर्ट अनुसार तोशिबाले आफ्नो तोशिबा क्यारियरको ६० प्रतिशत शेयर अमेरिकी प्रतिस्पर्धी क्यारियर ग्लोबल कर्पलाई १ खर्ब येन अर्थात् ८७ करोड डलरमा बिक्री गर्ने भएको र यसका लागि दुवै कम्पनीबीच सम्झोता भइसकेको छ।
गत नोभेम्बरमा तीन भागमा बाँडिने घोषणा गरेयता तोशिबाले रणनैतिक पुनर्व्यवस्थापनका विवरणहरु तथा आफ्नो कम्पनीको पोर्टफोलियोको समीक्षा गरिरहेको कम्पनीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
सम्बन्धित समाचार
तीनओटा कम्पनीमा विभाजन हुने तर प्राइभेटमा नजाने तोशिबाको योजना
प्रकाशित: २४ माघ २०७८, सोमबार