ओपोद्वारा एयर ग्लास सार्वजनिक

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
ओपोद्वारा एयर ग्लास सार्वजनिक

काठमाडौं ।

ओपोले इन्नो डे २०२१ मार्फत ओपो एयर ग्लास प्रदर्शित गरिसकेको छ। अत्याधुनिक एआर (एसिस्टेड रियालिटी) उपकरणमा ओपोद्वारा स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टर, अत्याधुनिक माइक्रो एलईडी र टर्च, आवाज, टाउकोको चाल र हातको चाल मार्फत प्रयोगकर्तालाई आवश्यक जानकारी सहज र तिब्र तरिकाबाट प्राप्त गर्न सकिने गरी चार भिन्न अन्तरक्रियाको विकल्प सहितको बिस्पोक डिफ्राक्शन अप्टिकल वेभगाइड डिस्प्लेको प्रयोग गरिएको छ।

ओपोले लामो समयदेखि एक्स्टेन्डेड रियालिटी (एक्सआर)का सम्भावना माथि सोध गरिरहेको छ र एयर ग्लासमार्फत हामीले उपभोक्ताको सहज पहुँच सहितको स्मार्ट ग्लास उत्पादनको निर्माण गरेका छौँ”,ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले भने, “यसको भविष्य लक्षित डिजाइनले प्रष्ट्याए झैँ ओपो एयर ग्लासले जानकारी पाउने तथा हेर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन तयार रहेको छ।”

प्रकृतिबाट अभिप्रेरित पातलो र हल्का वजनको डिजाइन

ओपो एयर ग्लासको निर्माण नवप्रबर्तनात्मक मोनोकल वेभगाइड डिजाइनमा आधारित छ। ओपोको विशिष्ट डिजाइन अवधारणामा आधारित एयर ग्लासमा वजनमा हल्कापना र सरल लुक्स दिन फ्रि–फ्लोइंग कर्भ्सको प्रयोग गरिएको छ। जम्मा ३० ग्राम नजिक वजन भएको ओपो एयर ग्लास उद्योगमै सर्वाधिक हल्का मोनोकल वेभगाइड उपकरण हो जसलाई साधारण ग्लासकै रुपमा पहिरिन सकिन्छ ।

अत्याधुनिक माइक्रो एलईडी र पाँच हाई–ट्रान्सपेरेन्सी ग्लास लेन्सका साथ स्व–विकासित स्पार्क माइक्रो प्रोजेक्टरले अभुतपूर्व एआर अनुभव प्रदान गर्छ । माओपिया र हाइपरमेट्रोपिया लगायत रिफ्राक्टिव ईरर्स भएका प्रयोगकर्तादेखि सम्भव भएसम्म सबैले प्रयोग गर्न सकुन् भन्ने सोचका साथ ओपो एयर ग्लासको डिजाइन गरिएको छ।

औद्योगिक पार्टनर्सका साथमा बृहत्त उपयोगिताका लागि विकसित

ओपोद्वारा स्वविकासित एप्लिकेशन्सका साथै ओपो एयर ग्लासमा अन्य विभिन्न एप्लिकेशनहरु जस्तै ः वेडर, क्यालेन्डर, हेल्थ, टेलिप्रोम्प्टर, ट्रान्सलेशन र नेभिगेशन समेत ईन्स्टल्ड छन् ।

ओपो एयर ग्लासमा बाइडु वाक र बाइक नेभिगेशन एण्ड एक्स्प्लोर नियरबाई लगायत एप्लिकेशनको कस्टमाइजेशनका लागि ओपोले बाइडुसंग नजिक रही सहकार्य गरिरहेको छ। नेभिगेशनको सहायता मार्फत प्रयोगकर्ताले बाइक वा पैदल यात्राका लागि निर्देशनहरु प्राप्त गर्न सक्नेछन् । त्यसैगरी एक्स्प्लोर नियरबाईले प्रयोगकर्ताको अवस्थिती अनुसार नजिकका पसल वा आकर्षणहरुका बारेमा जानकारी सम्प्रेसित गर्छ ।

उपलब्धता

चीनको मेनल्याण्डका बजारमा ओपो एयर ग्लास सन् २०२२ को पहिलो त्रैमास भित्रै सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ। दूई कष्टम फ्रेम एक्सेसरिजका साथमा यो उपकरण कालो र सेतो गरी दूई रंगको विकल्पका साथ उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार