काठमाडौं ।
वैज्ञानिकहरूले हाम्रो सौर्यमण्डल बाहिर रहेका १०,००० भन्दा बढी एक्सोप्लानेट्स पत्ता लगाएका छन्। यद्यपि वैज्ञानिकहरूले उनीहरुको परिक्रमा गर्ने कुनै पनि चन्द्रमाको पत्ता लगाउन सकेका छैनन्।
एक नयाँ अध्ययनमा, वैज्ञानिकहरूले खोजको नयाँ रूपरेखा तयार गरेका छन्। अनुसन्धानकर्ताहरूले अहिले फेला पारेको खगोलीय पिण्ड सौर्यमण्डल बाहिरको कुनै ग्रहलाई परिक्रमा गरिरहेको विशाल चन्द्रमा हुनसक्ने ठान्छन्। यो चन्द्रमाले बृहस्पतिको आकारको एक्सोप्लानेटलाई परिक्रमा गर्छ। अनुसन्धानमा यो विषय पुष्टि भएमा यो पहिलो ‘एक्सोमून’ बन्न सक्छ।
यद्यपि चार वर्ष पहिले, पनि एक आकाशीय पिण्डलाई एक्जोमून (exomoon) भएको भनिएको थियो। तर त्यो खोजको अझै पुष्टि हुन बाँकी छ। धेरै विज्ञहरूले यो खगोलीय पिण्डमा पनि त्यस्तै हुनसक्ने सोच्छन्।
यदपी यी दुबै आकाशीय पिण्डहरूमा धेरै विशेषताहरू छन्। तिनीहरू एउटै ग्रह वरिपरि घुम्छन्। हालै फेला परेको खगोलीय पिण्ड पहिले भेटिएको पिण्ड भन्दा अलि सानो छ। यी दुवै वस्तु ग्यासबाट बनेको वैज्ञानिकहरुको भनाइ छ। यी ग्रहहरू पनि हुन सक्छन्, तर अर्को ग्रहले तिनीहरूलाई आफ्नो कक्षमा तानेको छ।
नेचर एस्ट्रोनमी जर्नलमा प्रकाशित अध्ययनकाअनुसार नयाँ वस्तु पृथ्वीबाट ५,५०० प्रकाश वर्ष टाढा रहेको एक्सोप्लानेट ‘केप्लर १७०८बी’ वरिपरि घुमिरहेको छ।
वैज्ञानिकहरूले नासाको केप्लर स्पेस टेलिस्कोपको सहयोगमा करिब ७० वटा यस्ता वस्तुहरू देखेका थिए। यी वस्तुहरू मध्ये एउटा मात्र फेला पर्यो, जसले यो एक एक्सोमून हो भनेर संकेत गर्छ। यो खगोलीय पिण्ड पृथ्वी भन्दा करिब २.६ गुणा ठूलो छ।
यस खोजबाट उत्साहित अन्वेषकहरूले यो हाम्रो चन्द्रमा जस्तै अरु धेरै चन्द्रमा हुने सम्भावना रहेको विश्वास गरेका छन्। चार वर्षअघि पत्ता लागेको एक्सोमूनका दाबीकर्ता र अहिले पत्ता लागेको एक्सोमूनको अनुसन्धानसँग जोडिएका डेभिड किपिङले कुनै पनि सर्वेक्षणमा पहिलो पटक पत्ता लागेको कुरा सामान्यतया अनौठो हुने बताए। दुबै एक्सोमूनका क्यान्डिटेडहरू तिनीहरूका ताराहरूबाट टाढा अवस्थित छन्। यसको मतलब उनीहरूलाई उनीहरूको कक्षबाट निकालिने सम्भावना कम छ।
अब यो अनुसन्धान कहिलेसम्म पुष्टि हुन्छ र चार वर्षअघिको अनुसन्धानको निष्कर्ष कहिलेसम्म पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ।
प्रकाशित: २३ माघ २०७८, आईतवार