सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात हुँदा फोन तथा इन्टरनेट सेवा प्रभावित

  • Technology Khabar | २२ माघ २०७८, शनिबार
सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात हुँदा फोन तथा इन्टरनेट सेवा प्रभावित

काठमाडौं ।

सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण यातायात, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ। डडेल्धुरा  बैतडी बझाङलगायतका जिल्लाहरुमा टेलिफोन सेवा प्रभावित भएका छन्।

बैतडीको खोड्पे, अनारखोली, सतबाँझ, ग्वाल्लेक, श्रीभवरलगायतका ठाउँमा चार फिट बाक्लो हिमपात भएको छ। हिमपातका कारण बैतडीको खोड्पेमा टेलिफोन, बिजुली र खानेपानी बन्द भएको छ।

डडेल्धुरा सदरमुकाम क्षेत्रमा बिहीबार रातिदेखि निरन्तर हिमपात भइरहेको छ। यस्तैगरी अनारखोली, साहुखर्क, हगुल्टेलेकलगायतका स्थानमा पनि बाक्लो हिमपात भएको छ। उच्च पहाडी भेगमा हिमपात भएपछि चिसो अधिक बढेको छ। यस पटक डडेल्धुरा सदरमुकाम क्षेत्रमा डेढ फिट हिउँ जमेको छ। हिमपातका कारण फोन तथा इन्टरनेट सेवासमेत आंशिक रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी पाँच वर्षपछि बझाङ सदरमुकाम चैनपुरमा पनि हिउँ परेको छ । हिमपातका कारण बझाङको विद्युत्, टेलिफोन र यातायात सेवासमेत अवरुद्ध बनेको बताईएको छ।

प्रकाशित: २२ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार