
काठमाडौं ।
एकातिर भारतमा विद्युतीय सवारीको माग बढ्दै गएको बेला केही यस्ता समाचार बाहिर आउन थालेका छन्, जसका कारण इलेक्ट्रिक स्कुटरको सुरक्षामा प्रश्न उठ्न थालेको छ। केही दिनयता भारतमा विद्युतीय स्कुटरमा अचानक आगलागी हुने गरी ४–५ वटा घटना सार्वजनिक भएका छन् । तर, यी सबै घटनामा चालकको गल्तीले आगलागी भएको हो वा विद्युतीय स्कुटरमा जडान गरिएको ब्याट्रीमा कुनै खराबीका कारण आगलागी भएको भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।
यही बीचमा एक पटक फेरी विद्युतीय स्कुटरमा आगलागी भएको घटना सार्वजनिक भएको छ, जसमा त्यहाँ उपस्थित मानिसहरुको ज्यान निकै कठिनाईले बचेको छ।
ईलेक्ट्रिक स्कुटरमा आगलागी
भारतको हैदरावादको कुतुबुल्लापुरमा मंगलबार मध्यरातमा ईलेक्ट्रिक स्कूटरमा आगलागी भएको थियो । सो आगलागी कथितरूपमा ब्याट्री संचालित स्कुटरमा सर्ट सर्किटको कारणले भएको तेलंगाना टुडेले रिपोर्ट गरेको छ। सो ईलेक्ट्रिक स्कूटर ग्राहकले घरमा चार्ज गर्नको लागि स्थापना गरेको चार्जिङ्गबाट भएको बताईएकोछ।
रिपोर्टकाअनुसार स्कुटरका मालिकको पहिचान मार्केटिङ व्यवसायी साई कुमार रेड्डीको रूपमा गरिएको छ। साईले केही दिनयता निजी फर्मबाट ब्याट्रीबाट चल्ने स्कुटर भाडामा लिएर प्रयोग गरिरहेका थिए।
मध्यरातमा विस्फोट
तर, आगलागी भएको स्कुटर कुन कम्पनीको र कुन मोडलको हो भन्ने कुरा प्रतिवेदनमा खुलेको छैन । प्रहरीका अनुसार मंगलबार राति साई कुमार स्कुटरमा घर गएर चार्जमा लगाएर सुते । रिपोर्टका अनुसार दिउँसो ३ बजेतिर स्कुटरबाट धुवाँ निस्कन थाल्यो र अचानक आगो लाग्यो।
‘स्कुटरमा आगलागी हुँदा घरभरि आगो फैलिएको र घरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। तर, स्थानीयले आगो निभाउन परिवारका सदस्यलाई सहयोग गरेका थिए । यस दुर्घटनामा शारिरिक क्षति नभएन पनि यो घटना बाहिर आएपछि भारतमा विद्युतीय स्कुटरमाथि प्रश्न उठेको छ।
प्रकाशित: २२ माघ २०७८, शनिबार