
काठमाडौं ।
हल्ट एट आईओई, पुल्चोक क्याम्पस-२०२१/२२ ले बज्र टेक्नोलोजिज, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, दराज, इम्प्याक्ट नेपाल र भर्टेक्स नेपालसँग आफ्नो अन्तिम कार्यशाला ‘टर्निङ्ग ड्रिम टू रियालिटी सम्पन्न गरेको छ।
कार्यक्रममा आफ्ना ठोस विचारहरुलाइ वास्तविकतामा परिणत गर्ने विषयबारे छलफल भएको थियो।
कार्यक्रममा प्रथम सहजकर्ता हल्टका पूर्व क्याम्पस प्रबन्धक, एसिया क्षेत्रका लागि हल्ट प्राइज फाउन्डेसनको क्षेत्रीय सहयोगी जय किशन पञ्जियारले विचारलाई यथार्थमा परिणत गर्ने विचारधारामा, चुनौती समाधान गर्न,आपसी चासोका साथ विविध युवा उद्यमीहरूको टोली भेला गर्न, सञ्चार, लक्ष्य संकलन, सफलता र असफलता मनाउन, चुनौती बुझ्न तथा समस्या परिभाषित गर्न सल्लाह दिए।
त्यसैगरी न्यु इम्प्याक्ट हब काठमाडौंकी निर्देशक बाहार कुमारले सही समूह बिना सफलता सम्भव नभएको, नाफा मात्र नभइ सामाजिक वातावरणीय परिवर्तन सिर्जना गर्ने विचार हुनुपर्ने, समाधान डिजाइन गर्न अघि उत्पादनको बजारमा मागको बारे राय बुझ्नुपर्ने लगायतका विचार व्यक्त गरिन्।
उनले कुन उत्पादनले बजार तथा ग्राहकको माग पूरा गर्छप्रतिस्पर्धामा डट्न सक्छ, प्राविधिक कार्यान्वयन र व्यापारीकरण गर्न सक्छ सोही उत्पादन नै बजारमा फस्टाउने जानकारी दिँदै समस्या, काम र लाभ पहिचान गर्न अनुरोध पनि गरिन्।
प्रकाशित: २१ माघ २०७८, शुक्रबार