क्रिप्टोकरेन्सी माइनिङमा अमेरिकापछि सबैभन्दा ठूलो अर्को देश बन्यो कजाखस्तान

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
क्रिप्टोकरेन्सी माइनिङमा अमेरिकापछि सबैभन्दा ठूलो अर्को देश बन्यो कजाखस्तान

काठमाडौं ।

क्रिप्टोकरेन्सी माइनिङका क्षेत्रमा अग्रणी अमेरिकापछि दोस्रो नम्बरमा कजाख्स्तान पर्न आएको छ।

गत वर्ष चीनले अचानक क्रिप्टोकरेन्सी माइनिङमाथि प्रतिबन्ध लगाएपछि सँगै रहेको कजाखस्तानमा यो उद्योग निकै तीव्ररुपमा फैलन थाल्यो।

हाल मध्य एशियाली देश कजाख्स्तान क्रिप्टो माइनिङका हिसाबले विश्वकै दोस्रो ठूलो देश बनेको बीबीसीले जनाएको छ।

क्रिप्टो माइनिङका लागि अत्यधिक बिजुली उर्जा खपत हुने भएकाले कजाख्स्तानमा रहेको यसको डाटा सेन्टरमा कोइलाबाट चल्ने पावर प्लान्टको प्रयोग बढेको छ।

तर यस्ता कारखानाले प्रदूषण बढाउने तथा कार्बन उत्सर्जन पनि अत्यधिका मात्रामा गर्ने भएकाले बन्दल गर्न दबाब भने बढिरहेको छ।

                                          मोल्दिर शुभायेवा

मोल्दिर शुभायेवा कजाख्स्तानमा क्रिप्टो माइनिङको कारोबारमा अगाडि बढ्ने नयाँ पीँढीकी व्यवसायी महिला हुन्।

उनी अन्य इन्जिनीयरहरु झैं कन्स्ट्रक्शन वर्करहरुको भिडमा हुन्छिन् अनि बेला बेला त्यहाँबाट  निस्किएर आफ्नो नयाँ बिटक्वाइन माइनको धुलैटे साइटमा पुग्छिन्।

यसो गर्दा उनी अन्य इन्जिनीयरहरुभन्दा बिल्कुल फरक देखिन्छिन्। ३५ वर्षीया मोल्दिर आफ्ना माइनिङ साइटमा बन्दै गरेका फ्याक्ट्रीका लागि भइरहेका वेल्डिङ लगायतका कामको निगरानी गरिरहेकी भेटिन्छिन्।

कजाख्स्तानको अलमाती शहरमा बनिरहेको आफ्नो नयाँ बिटक्वाइन माइनको निर्माणसँग सम्बन्धित हरेक कामको निगरानी गर्नु उनको दिनचर्या भएको छ।

विशेषगरी पुरुषहरुको बोलवाला रहेको यो कारोबारमा मोल्दिर शुभायेवा एउटा प्रभावशाली नामका रुपमा अगाडि आएको छ।

मोल्दिरले कडा मेहनतमार्फत् आफ्नो व्यवसायलाई देशकै सबैभन्दा ठूलो क्रिप्टो माइनिङ कम्पनीको सूचीमा पुर्याउन सफल भएकी छिन्।

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार