नेपाल टेलिकमले शनिवार एक दिन भीओएलटीई कल फ्री गर्दै

  • Technology Khabar | २१ माघ २०७८, शुक्रबार
नेपाल टेलिकमले शनिवार एक दिन भीओएलटीई कल फ्री गर्दै

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो १८औं वार्षिकोत्सवको अवसर पारेर २४ सै घण्टा भीओएलटीई कल फ्री को अफर ल्याएको छ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीले शनिवार वार्षिकोत्सवको मनाउँदै छ।

एक दिनका लागि मात्र लागू हुने यो भीओएलटीई अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ। माघ २२ गते एक दिन भीओएलटीई सेवा प्रयोगमा कुनै शुल्क लाग्नेछैन् ।

भीओएलटीई सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ।

निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरिने कलमा मात्र लागू हुने जनाइएको छ।

साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी डाटा प्याक अफर पनि ल्याएको छ।

यो पनि हेर्नुस्-

यी हुन् नेपाल टेलिकमको भीओएलटीई सपोर्ट गर्ने डिभाइस, तपाईँको स्मार्टफोन छ कि छैन् हेर्नुस् सूची

प्रकाशित: २१ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार