
काठमाडौं ।
नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।
माघ १९ देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन दीपा ईम्पेक्सले गर्नेछ।
सोरुमको शुभारम्भ डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।
बिगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।
कम्पनीकाअनुसार १५ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दीपा ईम्पेक्सले अब अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा ईम्पेक्सका संचालक सुवास तिमिल्सीनाले जानकारी दिएका छन्।
प्रकाशित: २० माघ २०७८, बिहीबार