
काठमाडौं ।
जापानी प्रविधि जायन्ट सोनीले भिडियो गेम डेभलपर कम्पनी बञ्जीको स्वामित्व ३ अर्ब ६० करोड डलरमा अधिग्रहण गर्ने बताएको छ।
सोनीका अनुसार डेस्टिनी तथा ह्यालो गेम्सका लागि प्रख्यात बञ्जीमार्फत् अर्बो खेलाडीमाझ पुग्न सकिने बताएको छ।
ह्यालो माइक्रोसफ्टको एक्सबक्सको लोकप्रियता बढाउने गेममध्येको एक हो। अघिल्लो महिना माइक्रोसफ्टले भिडियो गेम जायन्ट एक्टिभिजन ब्लिजर्डको स्वामित्व ६८ अर्ब ७० करोड डलरमा लिने घोषणा गरेको थियो जुन गेमिङ उद्योगको हालसम्मकै सर्वाधिक रकमको सम्झोता भएको बीबीसीले उल्लेख गरेको छ।
‘यो हाम्रो प्लेस्टेशनको पहुँच धेरैभन्दा धेरै उपभोक्तामाझ पुर्याउने रणनीतिमा एउटा महत्वपूर्ण चरण हो’, सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टका सीईओ जिम र्यानले भने।
उनले बञ्जीको समुदाय स्टुडियोका लागि कति महत्वपूर्ण छ भन्ने बुझेर उनीहरु स्वतन्त्र रुपमा वृद्धि हुँदै जाने क्रममा सहयोग पाउने प्रतीक्षामा आफूहरु रहेको पनि बताएका छन्।
Bungie has limitless potential to unite friends around the world.
We have found a partner in PlayStation that shares our dream and is committed to accelerating our creative vision of building generation-spanning entertainment.
Our journey begins today.https://t.co/PLuVn48zdy pic.twitter.com/kAhRbAg3vD
— Bungie (@Bungie) January 31, 2022
प्रकाशित: १९ माघ २०७८, बुधबार