भारतीय दूरसञ्चार कम्पनी बिएसएनएललाई भारु ४४ हजार ७२० करोड सरकारले दिने

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
भारतीय दूरसञ्चार कम्पनी बिएसएनएललाई भारु ४४ हजार ७२० करोड सरकारले दिने

काठमाडौं ।

घाटामा रहेको भारतीय सरकारी टेलिकम कम्पनी बीएसएनएलले भारतको केन्द्रीय बजेटबाट सहयोग पाएको छ। मंगलबार सार्वजनिक गरिएको बजेट कागजात अनुसार छिमेकी देशको सरकारले सरकारले आगामी आर्थिक वर्षमा ४४ हजार ७२० करोड भारतीय रुपैयाँ बीएसएनएलमा लगाउने भएको छ।

कागजातको स्पष्टीकरणात्मक नोटले बीएसएनएलमा फोरजी स्पेक्ट्रम, टेक्नोलोजी स्तरवृद्धि र पुनर्संरचनाको लागि पैसा खर्च गर्ने प्रावधान गरिएको ग्याजेट३६०ले रिपोर्टमा उल्लेख गरेको छ। स्वैच्छिक अवकाश योजनाका लागि बीएसएनएललाई पूँजी जम्मा गर्नुका साथै सरकारले ७,४४३.५७ भारु थप आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ।

यसका साथै जीएसटीको भुक्तानीका लागि भारु ३,५५० करोड अनुदान सहायताको रूपमा दिइनेछ।

स्वैच्छिक सेवानिवृत्ति योजना (भीआरएस) को लागि आर्थिक सहयोग भारतीय सरकारी दूरसञ्चार कम्पनीहरु बिएसएनएल र एमटिएनएल दुवैको लागि हुनेछ। कागजातहरू अनुसार, बिएसएनएललाई फोरजी स्पेक्ट्रम प्राप्त गर्नका लागि तिर्नुपर्ने जीएसटीको भुक्तानीको लागि समर्थन गरिनेछ।

यो अतिरिक्त आर्थिक सहयोग यसअघि अक्टोबर २०१९ मा दिइएको ६९,००० करोडको राहत प्याकेजको अतिरिक्त रकम भएको रिपोर्टमा बताईएको छ।

कम्पनीले विभिन्न सर्कलमा धेरै अफरहरू ल्याइरहन्छ। यद्यपि बीएसएनएलको रिचार्ज योजनाहरू अन्य अपरेटरहरू भन्दा राम्रो छन्, तर प्रयोगकर्ता आधारको हिसाबले, यो जियो र एयरटेल भन्दा पछाडि रहेको उल्लेख छ।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार