
काठमाडौं ।
के तपाईँले शाओमीको एमआई लाइट स्मार्टवाच किन्नु भएको छ ? किनेर सहजरुपमा प्रयोग गरिरहनुभएको छ भने त ठिकै छ तर बिग्रियो भने नेपालमा बनाउन सकिने संभावना निकै कम रहेको छ।
हालै एक प्रयोगकर्ताले आफ्नो शाओमी स्मार्टवाच बिग्रिएपछि बनाउन नसकेको भन्दै ट्विटरमा गुनासो गरेका छन्।
अशोक पोख्रेल नामक एक प्रयोगकर्ताले आफ्नो बिग्रिएको स्मार्टवाचको फोटोसहित सो ट्वीट गरेका हुन् । जसमा उनले सामान्य प्रयोगमा नै शाओमी एमआई वाचमा पानी पसेको गुनासो गरेका छन् ।
उनले भनेका छन्, “डन्ट पर्चेज एमआई वाच। नर्मल यूजमा पानी पर्यो।अब बन्दैन रे।”
यसका साथै उनले सो ट्वीटमा शाओमी नेपाललाई ट्याग गरेका छन् । सो ट्वीटमा राखिएको तस्विरमा उनले सो स्मार्टवाच बनाउन दिएको मिति र त्यसमा भएको समस्याहरुको बारेमा लेखिएको बिबरण पनि सँगै राखेका छन्।
जसमा संभवत बिराटनगरमा भएको रिटेल डिलरबाट उनले सो डिभाइस किनेको वा बनाउन दिएको उल्लेख गरेका छन्। जसमा वाटर ड्यामेज भएको उल्लेख छ। त्यसैगरी चार्ज ढिलो हुने समस्या, साइड की नचल्ने लगायका समस्या आएको बताएका छन् ।
don't purchase mi watch. normal use मा पानी परयो । अब बन्दै रे @XiaomiNepal #miwatch pic.twitter.com/97MgFnUXbI
— Ashok Pokhrel (@xnatraj) February 1, 2022
यसका साथै उनले शाओमी नेपालका प्रमुख सौरभ कोठारीलाई समेत ट्याग गरेर अर्को ट्वीट गरेका छन जसमा ‘८ हजार रुपैयाँ सित्तैमा आएको हो हाम्रो’ भनेर सोधेका छन्।
त्यसको जवाफमा शाओमी नेपालले सो जानकारी पाएर दुखी भएको भन्दै सर्भिस सेन्टरमा सम्पर्क गर्न भनेको छ।
प्रयोगकर्ता पोखरेलले भने जस्तै शाओमी स्मार्टवाचमा सामान्य प्रयोगमा नै पानी पसेको हो भने त्यो सिधै ठगी हो। किनकी कम्पनीले आफ्नो आधिकारीक वेबसाइटमा सो स्मार्टवाच ‘वाटर रेजिस्ट्यान्ट’ भएको जानकारी राखेको छ भने सोहीअनुसार ग्राहकहरुलाई समेत बताउँदै आएको छ।
अझ सो स्मार्टवाच ५० मिटरसम्म पानी भित्र पुग्दा पनि पानी नपस्ने अर्थात ‘५एटिएम’ भएको कम्पनीले दाबी गरेको छ।

नेपालमा हाल शाओमीको एमआई वाच लाइट भर्सन मात्र उपलब्ध रहेको छ जसको बजार मूल्य ७,९९९ रुपैयाँ तोकिएको छ।
यस वाचको सबैभन्दा ठूलो सुविधा भनेको यो ९ दिनको ब्याट्री लाइफका साथ आउँदछ। शाओमीले बताएअनुसार यो वाच ३ फरक केसमा र ५ स्ट्र्याप कलरमा आउँछ।
शाओमीको एमआई वाच लाइटमा एक वर्गाकार स्क्रीन दिईएको छ। बिना स्ट्र्याप यस घडीको वजन ३१ ग्राम र स्ट्र्यापका साथ ३५ ग्राम हुन्छ।
यसमा १.४ इन्चको २.५डी कर्भ्ड ग्लास प्यानल, म्याट टेक्स्चर बडी, मेटल टेक्स्चर बटनहरू पनि धेरै विशेष छन्। यो वाच डिट्याचेबल बकल डिजाइनको साथ आउँदछ। यस वाचमा, तपाईं दौड, साइक्लिङ्ग र इनडोर पौडी मोडहरू पाउनुहुन्छ।
प्रकाशित: १८ माघ २०७८, मंगलवार