२०२१ मा ट्याब्लेट र क्रोमबुकको शिपमेन्ट बढ्यो: रिपोर्ट

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
२०२१ मा ट्याब्लेट र क्रोमबुकको शिपमेन्ट बढ्यो: रिपोर्ट

काठमाडौं ।

सन् २०२१ मा क्रोमबुक तथा ट्याब्लेटको शिपमेन्ट बढेको र यो प्रवृत्ति अहिले भने सुस्त रहेको पाइएको छ।

ट्याब्लेटको बिक्रीका हिसाबले सन् २०२० को चोथो त्रैमास कीर्तिमानी रहेको थियो।

त्यतिबेला कोरोना महामारीका कारण वर्क फ्रम होम तथा अनलाइन कक्षाको विकल्प नभएकाले यस्ता डिभाइसको वैश्विक रुपमै माग आकाशिएको थियो।

अहिले भने कोरोना महामारीको अवस्था सहज हुँदै जाँदा पनि यस्ता डिभाइसको माग बिस्तारै घट्दै गएको पाइएको हालै आईडीसीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

सन् २०२१ मा पनि वैश्विक शिपमेन्ट ३.२ प्रतिशतले बढेर १६ करोड ८८ लाख थान पुगेकाले निर्माताहरुका लागि निकै फलदायी रहेको थियो। यो सन् २०१६ यता बिक्री भएका सबैभन्दा बढी डिभाइसको आँकडा भएको आईडीसीले उल्लेख गरेको छ।

तर अन्तिम त्रैमासमा भने यस्ता डिभाइसको माग निकै चुलिएको थियो।

नयाँ वर्ष शुरु भएपछि अमेजनबाहेक उत्कृष्ट पाँच कम्पनीले आफ्ना वार्षिक वृद्धिदर नकारात्मक रहेको प्रतिवेदनमा उल्लेख गरेका थिए।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार