ब्राजिलमा डिजिटल सेवाको रेटिङ नागरिकले गर्ने

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
ब्राजिलमा डिजिटल सेवाको रेटिङ नागरिकले गर्ने

काठमाडौं ।

ब्राजिलको संघीय सरकारले डिजिटल सेवाको प्रावधान गुणस्तर तय गर्नका लागि नागरिकलाई अधिकार दिने भएको छ।

यसै हप्ता घोषणा गरिएको उक्त निर्णय अनुसार अनलाइनमा उपलब्ध डिजिटल सेवाको गुणस्तर रेट गरेर त्यसको न्यूनतम मापदण्ड निर्धारणको सबै अधिकार नागरिकलाई उपलब्ध हुनेछ।

मंगलबार अर्थ मन्त्रालयले प्रकाशित गरेको निर्णय अनुसार यूजरको सन्तुष्टिको आकलनले पर्याप्त, सामान्य, भरपर्दो तथा गोप्य डाटा संकलन उपकरणका माध्यमबाट सार्वजनिक सेवाको मूल्यांकनमा नागरिकको सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

यसबाहेक उक्त आकलन डिजाइन तथा अनुगमनलाई प्राविधिक जानकारी प्रदान गर्न तथा तथा चलिरहेको सार्वजनिक सेवाको उपभोक्ताको नजरबाट पर्गेल्न पनि सहयोगीसिद्ध हुने निर्णयमा उल्लेख छ।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार