
काठमाडौं ।
राजस्वको आधारमा भारतको शीर्ष विद्युतीय स्कुटर निर्माता एथर इनर्जीले माग बढ्दै गएपछि आगामी तीन वर्षमा वार्षिक उत्पादन १० लाखमा पुर्याउन कोष खडा गर्दैछ ।
रोयटर्सकाअनुसार एथर, जसले टाइगर ग्लोबल र भारतीय बाइक निर्माता हिरो मोटोकर्पलाई लगानीकर्ताको रूपमा गणना गर्दछ । सन् २०१३ मा स्थापना भएदेखि लगभग १२अर्ब भारु उठाएको छ र थप उठाउने प्रक्रियामा भएको स्टार्टअपका सह-संस्थापक र प्रमुख कार्यकारी तरुण मेहताले बताएका छन्।
“हाम्रो योजना बढिरहेको ब्रान्डमा थप पूँजी जुटाउने र ध्यान केन्द्रित गर्ने थिएन, तर इलेक्ट्रिकमा संक्रमणको दर तथा आपूर्ति श्रृंखला र क्षमताहरू र्याम्प गर्न आवश्यक पर्ने गति हामीले एक वर्ष पहिले सोचेको भन्दा धेरै छिटो छ,” मेहताले भने।
उनले कम्पनीले कति रकम उठाउने योजना बनाएको भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरे। योजनाहरूको जानकारी भएको स्रोतले एथरले लगभग १३. ३ करोड डलर खोजिरहेको बताए। जसमध्ये हिरोबाट ५.६ करोड डलर जुटाइसकेको छ।
गत वर्ष भारतमा विद्युतीय स्कुटरको बिक्री पाँच गुणाले बढेको छ, किनभने उच्च इन्धनको मूल्यले खरिदकर्ताहरूलाई विकल्प खोज्न बाध्य तुल्यायो र सरकारी अनुदानले इलेक्ट्रिक र पेट्रोल मोडेलहरू बीचको मूल्य अन्तरलाई कम गरेको छ।
सफ्टबैंक समूह-समर्थित ओला इलेक्ट्रिक जस्ता स्टार्टअपहरूबाट बढ्दो प्रतिस्पर्धाको बीचमा एथरले पनि आफ्नो कम्पनीलाई ससक्तरुपमा निर्माण गरिरहेको छ र यसका साथै भारतका परम्परागत बाइक निर्माताहरूबाट पनि चुनौती पाईरहेको छ।
प्रकाशित: १६ माघ २०७८, आईतवार