भारतमा टेलिकम कम्पनीहरुलाई ३० दिन भएको रिचार्ज प्लान ल्याउन निर्देशन

  • Technology Khabar | १६ माघ २०७८, आईतवार
भारतमा टेलिकम कम्पनीहरुलाई ३० दिन भएको रिचार्ज प्लान ल्याउन निर्देशन
सांकेतिक तस्विर

काठमाडौं ।

भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) ले ग्राहकहरूको हितलाई ध्यानमा राख्दै महत्त्वपूर्ण आदेश दिएको छ। यस अन्तर्गत ट्राईले देशका सबै टेलिकम कम्पनीहरूलाई प्रिपेड ग्राहकहरूका लागि ३० दिनको वैधता भएको रिचार्ज प्लानहरू उपलब्ध गराउन भनेको छ।

अब भारतीय टेलिकम कम्पनीहरूले यो आदेश जारी भएको ६० दिनभित्र ३० दिनको प्रिपेड प्लान पेश गर्नुपर्नेछ।

अहिले के अवस्था छ

अहिले भारतीय बजारमा अधिकांश टेलिकम कम्पनीहरूले एक महिनाको नाममा २८ दिनको वैधताका प्रिपेड योजनाहरू मात्र उपलब्ध गराउँछन्। सोही अनुसार ग्राहकले रिचार्ज गर्नुपर्ने हुन्छ।

नयाँ कदमले एक वर्षमा ग्राहकले गर्ने रिचार्जको संख्यामा कमी ल्याउने अपेक्षा गरिएको छ। अहिले केही योजनाहरूमा मात्र ३० दिनको वैधता छ। ग्राहकले एक वा दुई दिनको अन्तरलाई धेरै गम्भीरतापूर्वक लिँदैनन्, तर समग्रमा यसले धेरै प्रभाव पार्छ। जसका कारण जहाँ तपाईको खल्ती खुकुलो हुन्छ, त्यहाँ कम्पनीलाई फाइदा हुन्छ।

यसबाट ग्राहक लाभान्वित हुने

अहिले, यदि ग्राहकले २८ दिनको वैधता भएको प्लानलाई राम्ररी गणना गरेमा त्यसअनुसार ग्राहकले एक वर्षमा १३ वटा रिचार्ज गर्नुपर्नेछ। जब ३० दिनको वैधता भएको प्लान आउँछ, तब हरेक महिना २ दिनको अतिरिक्त समय प्राप्त हुनेछ। यसरी एक वर्षमा करिब १ महिना कम हुनेछ। यस्तो अवस्थामा ग्राहकले एउटा रिचार्ज घटाउन सक्नेछन्।

ट्राईले आफ्नो आदेशमा भनेको छ, ‘सबै टेलिकम कम्पनीहरूले आफ्ना ग्राहकहरूलाई ३० दिनको वैधता भएको कम्तिमा एउटा प्लान भौचर, एउटा विशेष ट्यारिफ भौचर र एउटा कम्बो भौचर प्रस्ताव गर्नुपर्छ।’

प्रकाशित: १६ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...